मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिका र स्लोभाकिया पठाइदिन्छु भन्दै लाखौँ ठगी

मङ्गलबार, १८ वैशाख २०८१, १२ : १०
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा म्याग्दी मंगला गाउँपालिका-२ घर भई ललितपुर, ललितपुर महानगरपालिका नखिपोट बस्ने ५३ वर्षीय उदिम बहादुर पुन र रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका-११ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका-१० बस्ने सन्ध्या लामा बुढा मगर रहेका छन् ।   

पक्राउमध्ये उदिम बहादुरले युएसए पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७८ लाख रुपैयाँ ठगी गरेको र सन्ध्याले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उदिमलाई ललितपुर सातदोबाटो र सन्ध्यालाई  काठमाडौँ मनमैजुबाट पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप