शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कोभिशिल्ड भ्याक्सिनबाट हृदयाघात र स्ट्रोकको जोखिम, रगत पनि जम्न सक्ने

मङ्गलबार, १८ वैशाख २०८१, ११ : ५८
मङ्गलबार, १८ वैशाख २०८१

लन्डन । कोभिड–१९ विरुद्ध कम्पनीले बनाएको खोपको खतरनाक साइड इफेक्ट हुन सक्ने बेलायती औषधि निर्माता कम्पनी अस्त्रजेनेकाले स्वीकार गरेको छ । बेलायती पत्रिका टेलिग्राफमा छापिएको खबरका अनुसार अस्त्रजेनेकामाथि कोभिशिल्डका खोपको कारण धेरै मानिसको मृत्यु भएको आरोप लगाइएको छ ।

खोप लगाएकाहरूले अन्य धेरै गम्भीर रोगहरूको पनि सामना गर्नुपरेको बताइएको  छ । कम्पनीको कोरोना भाइरसको सङ्क्रमण विरुद्धको खोपले थ्रोम्बोसिस थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम वा टीटीएस निम्त्याउन सक्छ भनेर बेलायती उच्च अदालतमा पेस गरिएका कागजातहरूमा अस्त्रजेनेकाले स्वीकार गरेको छ । 

यो रोगले शरीरमा रगत जम्छ र प्लेटलेट्सको संख्यामा उच्च कमी आउँछ । यसका कारण हृदयाघात र स्ट्रोकको पनि जोखिम हुन्छ । कम्पनीविरुद्ध उच्च अदालतमा ५१ वटा मुद्दा चलिरहेको छ । पीडितहरूले अस्त्रजेनेकासँग कराडौं पाउन्ड क्षतिपूर्ति मागेका छन् ।

अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर बनाएको थियो खोप

अस्त्रजेनेकाले अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर कोडिभ विरुद्धको खोप बनाएको हो । सुनुवाइका क्रममा आफ्नो खोपले धेरै मानिसको ज्यान गएको र गम्भीर रोग निम्त्याएको कम्पनीले स्वीकार गरेमा उनीहरूलाई ठुलो जरिवाना तिर्नुपर्ने हुन सक्नेछ । 

२०२१ को अप्रिलमा जेमी स्कट नामका व्यक्तिले यो खोप लगाएका थिए । यसपछि उनको स्वास्थ्य अवस्था बिग्रियो । शरीरमा रगत जमेपछि यसको असर सिधै मस्तिष्क पर्‍यो । यसबाहेक स्कटको मस्तिष्कमा आन्तरिक रक्तस्राव पनि भयो । आफूले बिरामीलाई बचाउन नसक्ने भनेर डाक्टरहरूले स्कटकी श्रीमतीलाई भनेका थिए ।

कानुनी दस्ताबेजमा साइड इफेक्टको कुरा स्वीकार

गत वर्ष, स्कटले अस्त्रजेनेका विरुद्ध उजुरी दायर गरे । सन् २०२३ को मेमा स्कटको आरोपको जवाफमा खोपले टीटीएस हुन नसक्ने कम्पनीले दाबी गरेको थियो । तर गएको फेब्रुअरीमा उच्च अदालतमा पेस गरिएको कानुनी दस्ताबेजमा चाँहि यो दाबी फिर्ता लिइएको थियो । कुनै कुनै स्थितिमा खोपका कारण टीटीएस हुन सक्ने अस्त्रजेनेकाले लेखेको छ । खोपमा भएको कुन चिजले गर्दा यस्तो हुन्छ भन्ने जानकारी चाँहि अहिले कम्पनीसँग पनि छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप