दुई सय १६ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार, १८ वैशाख २०८१, १२ : ०५
बारा । निजगढ नगरपालिका-१० स्थित सडकबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । २ सय १६ किलो गाँजासहित जितपुरसिमरा उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय आकाश लामा समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त टोलीले रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना.५ ख ७५५२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा गाँजा फेला परेको थियो । प्रहरीले ७ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक लामा समेत २ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण