मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस निर्वाचनको मतपरिणाम धमाधम आउँदै, आज पाँच सहमहामन्त्री मतगणना

शुक्रबार, ०२ पुस २०७८, ०८ : २३
शुक्रबार, ०२ पुस २०७८

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएकाे आठ सहमहामन्त्री पदको निर्वाचनमध्ये पाँच पदकाे मतगणना आझ सुरु हुने भएकाे छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार राति घोषणा भइसकेकाे छ । 

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन लागेकाे हाे ।

मधेसी समूहको सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महेन्द्र यादव, शेखर कोइराला समूहबाट रामकृष्ण यादव र विमलेन्द्र निधि समूहबाट रामकृष्ण यादव प्रतिस्पर्धामा  छन्। 

खसआर्य समूहको सहमहामन्त्रीमा देउवा समूहबाट किशोरसिंह राठौर, काेइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन् भने थारु कलस्टरमा देउवा समूहबाट उमाकान्त चौधरी र काेइराला समूहबाट तेजुलाल चौधरी उम्मेदवार छन्।

 मुस्लिम कलस्टरको सहमहामन्त्रीमा देउवा पक्षबाट फरमुल्लाह मन्सुर र काेइराला तथा निधि पक्षबाट शेख वकिल उम्मेदवार छन्। 

पिछडिएको क्षेत्र कलस्टरको सहमहामन्त्रीमा देउवा समूहबाट जीवनबहादुर शाही, काेइराला समूहबाट बद्री पाण्डे र निधि समूहबाट चेतराज बराल उम्मेदवार छन् । यसअघि सभापतिसहित उपसभापति र महामन्त्रीको पनि मतपरिणाम आइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप