बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

माओवादीका कारण मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या छैन : पूर्व मुख्यमन्त्री शर्मा

सोमबार, १७ वैशाख २०८१, १७ : १४
सोमबार, १७ वैशाख २०८१

सुर्खेत । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले माओवादीका कारण  मन्त्रिपरिषद्  विस्तारमा कुनै समस्या नभएको प्रस्ट पारेका छन् । कर्णालीमा लामो समयसम्म पनि  मन्त्रिपरिषद्  गठन नभएको भन्दै  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्‌मै आलोचना गरेपछि उनले सो जवाफ फर्काएका हुन् ।

सोमबारको प्रदेशसभा बैठकमा बोल्दै माओवादी संसदीय दलका नेता समेत रहेका शर्माले माओवादीले  मन्त्रिपरिषद्  विस्तारमा कुनै समस्या सिर्जना नगरेको बताए ।

‘बाहिर माओवादीका कारण सरकार विस्तार हुन सकेन भन्ने पारिएको छ,’शर्माले भने, ‘मन्त्रिपरिषद् गठनमा माओवादीबाट कुनै रोकतोक भएको छैन । हामीले चाहेर ढिलाढाला भएको पनि हैन, प्रदेशले चाहेर उथलपुथल भएको पनि छैन । मुख्यमन्त्रीका केही बाध्यता र विवशता  मन्त्रिपरिषद्   गठनमा ढिलाइ भएको होला ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप