माओवादीका कारण मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या छैन : पूर्व मुख्यमन्त्री शर्मा
सोमबार, १७ वैशाख २०८१, १७ : १४
सुर्खेत । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले माओवादीका कारण मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या नभएको प्रस्ट पारेका छन् । कर्णालीमा लामो समयसम्म पनि मन्त्रिपरिषद् गठन नभएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्मै आलोचना गरेपछि उनले सो जवाफ फर्काएका हुन् ।
सोमबारको प्रदेशसभा बैठकमा बोल्दै माओवादी संसदीय दलका नेता समेत रहेका शर्माले माओवादीले मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या सिर्जना नगरेको बताए ।
‘बाहिर माओवादीका कारण सरकार विस्तार हुन सकेन भन्ने पारिएको छ,’शर्माले भने, ‘मन्त्रिपरिषद् गठनमा माओवादीबाट कुनै रोकतोक भएको छैन । हामीले चाहेर ढिलाढाला भएको पनि हैन, प्रदेशले चाहेर उथलपुथल भएको पनि छैन । मुख्यमन्त्रीका केही बाध्यता र विवशता मन्त्रिपरिषद् गठनमा ढिलाइ भएको होला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण