बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
उपनिर्वाचन

इलाममा सुहाङले कटाए १० हजार मत, डम्बर ३ हजार मतले पछाडि

सोमबार, १७ वैशाख २०८१, १० : १०
सोमबार, १७ वैशाख २०८१

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । 

पछिल्लो परिणामअनुसार सुहाङले १० हजार ३ मतसहित अग्रता लिँदा कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ९४४ मतसहित पछ्याइरहेका छन् । सुहाङ र डम्बरबिच ३ हजार ५९ मतान्तर रहेको छ । 

त्यसैगरी स्वतन्त्र डकेन्द्र सिंह लिम्बु ५ हजार ५९१ मतसहित तेस्रो स्थान र रास्वपाका मिलन लिम्बु १ हजार ४४३ मत सहित चौथो स्थानमा रहेका छन् । अहिले इलामको माङ्सेबुङ गाउँपालिकाको मतगणना जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप