मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसीतर्फको सहमहामन्त्रीमा देउवा समूहका महेन्द्र यादव विजय

शुक्रबार, ०२ पुस २०७८, १७ : ५२
शुक्रबार, ०२ पुस २०७८

नेपाली काँग्रेसको मधेसीतर्फको सह महामन्त्रीमा सभापति शेरबहादुर देउवा समूहका महेन्द्र यादव विजयी भएका छन् ।  पार्टी कार्यालय सानेपा गणना भएको मत परिणामअनुसार उनी सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । शेखर कोइराला समूहका रामकृष्ण यादवलाई पराजित गरी महेन्द्र सहमहामन्त्रीमा विजयी भएका हुन् ।  

कोइराला समूहबाट सहमहामन्त्रीमा उम्मेदवार बनेका रञ्जित कर्णले रामकृष्णलाई समर्थन गरेको घोषणा गरेका थिए । तर पनि देउवा पक्षका महेन्द्रले बाजी मारे । नेपाल तरूण दलका केन्द्रीय अध्यक्ष भएका यादव गृहमन्त्री बालकृष्ण खाणका विश्वास पात्र हुन् । यसअघि काँग्रेस केन्द्रीय  सदस्य समेत रहका उनी पूर्व खानेपानी मन्त्री पनि हुन् । विमलेन्द्र निधिपछि मधेसको राजनीतिमा महेन्द्रको राम्रो पक्कड छ । काँग्रेसमा मधेसबाट सम्भावना बोकेको नेताको रुपमा महेन्द्र यादवलाई लिइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप