उपनिर्वाचन
इलाम–२ मा रास्वपा उम्मेदवारको जमानत जफत
मङ्गलबार, १८ वैशाख २०८१, ०६ : ३३
काठमाडौँ । इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले जमानत जोगाउन असफल भएका छन् । कुल सदर मतको १० प्रतिशत कटाउन नसकेपछि लिम्बूको जमानत जफत भएको हो ।
इलाम–२ मा ६८ हजार ४७२ मत सदर भएको थियो । जसको १० प्रतिशत सरदर ६ हजार हुन आउँछ । तर लिम्बूले ५ हजार ५० भोट मात्र ल्याए ।
यहाँ नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।
तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण