२०६५ मत गन्दा डिलाको अग्रता कायमै, पछिपछि पुष्पा
नेपाली काँग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अहिलेसम्म २०६५ मत भन्दा डा.डिला संग्रौलाले अग्रता लिएकी छिन् । उनले १२६८ मत पाउँदा पुष्पा भूसाल ११९६ मतसहित दोस्रो स्थानमा रहेकी छिन् ।
प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा १११६ मतका साथ तेस्रो स्थानमा छिन् । यस्तै अम्बिका बस्नेत ९९८ मतसहित चौथो नम्बरमा छिन् भने ९८५ मत ल्याएर ईश्वरी न्यौपाने पाँचौ स्थानमा छिन् ।
९४९ मतसहित सरिता प्रसाई छैटौं र रमा कोइराला ८१३ मत ल्याएर सातौं नम्बरमा छिन् । सुशीला ढकालले ७९४ रंगमती शाही ७८० मत ल्याएर आठौं र नौ नम्बरमा छिन् । नम्बरमा स्थान बनाउन अनिता देवकोटा ७७४ मत ल्याएर संघर्ष गरिरहेकी छन् । काँग्रेसमा खुला महिला केन्द्रीय सदस्यतर्फ ९ जना विजयी हुनेमा ३० जना चुनावी प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन
-
सहकारी छानबिन प्रकरण : कानुन मन्त्रालयमा कार्यदलको बैठक बस्दै
-
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
तीन वायुको प्रभाव नेपालमा, यी प्रदेशमा हुनेछ वर्षा
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक