यस्तो छ फिल्म ‘कठपुतली’को ‘यो ज्यान कठपुतली’ गीत
१६ पुसबाट प्रदर्शनमा आउने फिल्म ‘कठपुतली’ को ‘यो ज्यान कठपुतली’ गीत सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचारप्रसारमा थप बल पुर्याउन नयाँ गीत ल्याएको हो ।
लोक शैलीमा तयार गीतमा मेलिना राईको स्वर, दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत छ । गीतको भिडियोमा भिएफएक्स र एनिमेशन प्रयोग गरिएको छ ।
एक राजकुमारले दरबारमा रहँदा सामना गर्नु परेका विभिन्न रहस्य तथा अदृश्य शक्तिबाट बच्नको लागि गरेको संघर्ष फिल्मले कथा बनाएको छ ।
गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय रहेको फिल्म हरर जनरामा निर्माण भएको हो । भिमसेन लामाको निर्देशन रहेको फिल्मका पृथ्वी राना मगर निर्माता हुन् भने सम्पदा मल्लले कथा लेखेकी हुन् ।
अष्ट्रेलियाका छायांकार जोएल फ्रूमले खिचेको फिल्मको सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण