माओवादी महाधिवेशनमा स्वास्थ्यकर्मीहरू ‘स्ट्यान्डबाई’ : डाक्टर, औषधी र एम्बुलेन्सको यस्तो छ अवस्था (भिडियो)
काठमाडौँको प्रज्ञा भवन कमलादीमा नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । आइतबारदेखि ५ दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट १६ सय हाराहारी प्रतिनिधिहरू सहभागी भएका छन् । साथै प्रतिनिधि बाहेक पार्टी तथा विभिन्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरू स्वतःस्फूर्त रूपमा महाधिवेशनमा सहभागी भएका छन् ।
पार्टीको महाधिवेशनमा आएका प्रतिनिधिहरूको स्वास्थ्य उपचारका लागि माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ केन्द्रीय समिति र औषधी व्यवस्था विभागको तर्फबाट स्वास्थ्य शिविर राखिएको छ ।
सो शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा प्रदान गर्ने र आकस्मिक अवस्थामा लागि एम्बुलेन्स समेत तयारी अवस्थामा राखिएको अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ बागमती प्रदेश अध्यक्ष कानुनलाल चौधरीले रातोपाटीलाई जानकारी दिए ।
उनले भने–‘हामीले यहाँ नार्कोटिक र साइकीयाट्रिक बाहेकका लगभग सबै प्रकारका औषधीहरू वितरणका लागि राखिएको छ । यहाँ मुटु रोगका बिरामीका लागि, डायबिटिज, सुगरका बिरामीहरूका लागि, एन्टी कोल्डका औषधीहरू, एन्टी डायरिया, ग्यास्ट्रिक लगायत सबै प्रकारका औषधीहरू राखिएको छ । आवश्यक पर्ने अन्य विभिन्न प्रकारका औषधीहरू ल्याएर हामी सेवा प्रदान गरिरहेका छौँ ।’

सो शिविरमा चिकित्सकीय, औषधी, ल्याब्रोटरी, नर्सिङ सेवाहरु उपलब्ध गराइएको उनले बताए । महाधिवेशन अवधिभर कुनै किसिमका स्वास्थ्य समस्या देखिएमा निःशुल्क स्वास्थ्य जाँचका साथै स्वास्थ्य परामर्श र औषधी वितरण गरिने भएको छ भने आकस्मिक स्वास्थ्य उपचारका लागि एउटा एम्बुलेन्स पनि स्ट्यान्डबाई राखिएको छ ।
चौधरीले भने–‘महाधिवेशनमा हाम्रो महासंघका अध्यक्ष कृष्णसागर पौडेल, उहाँ क्यान्सर अस्पतालमा कार्यरत हुनुहुन्छ । उहाँ वरिष्ठ डाक्टर हुनुहुन्छ । यहाँ ग्याष्ट्रोलोजिष्ट, गाइनोकोलोजिष्ट, जनरल फिजिसियनहरु हुनुहुन्छ । सबै प्रकारका स्वास्थ्यकर्मी साथीहरू हामीसँग हुनुहुन्छ । यो टिमले अहिले स्वास्थ्य उपचारका लागि काम गरिरहेको छ ।’ साथै महाधिवेशनका प्रतिनिधिका लागि मास्क, स्यानिटाइजरको वितरण गरिरहेको उनले बताए ।
हेर्नुहोस् भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण