शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय परिस्थितिबारे प्रचण्डको समीक्षा : चीनलाई रोक्न अमेरिका नयाँ युद्ध जन्माउने प्रयासमा

मङ्गलबार, १३ पुस २०७८, १३ : ४२
मङ्गलबार, १३ पुस २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिमेकी मुलुक चीनलाई हिन्द प्रशान्त क्षेत्रमा रोक्न अमेरिकाले वेलायत र अष्ट्रेलियासँग विशेष सैन्य साझेदारी गरेको बताएका छन् । माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा ‘अन्तराष्ट्रिय परिस्थितिको समीक्षा’ गर्दै प्रचण्डले अमेरिकाले उक्त योजना बनाएको उल्लेख गरेका हुन् ।  

‘हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेरिकाले वेलायत र अष्ट्रेलियासँग विशेष सैन्य साझेदारी गर्नुका साथै विभिन्न देशमा सैन्य अड्डा बढाउने र सुदृढ गर्ने योजना बनाएको छ’, प्रचण्डको दस्तावेजमा भनिएको छ, ‘आज अमेरिकाले भारतसँगको सम्बन्धलाई सुदृढ गर्नुका पछाडि पनि त्यही रणनीतिले काम गरेको छ ।’

त्यस्तै उनले आज अमेरिका आफूमात्र नभई आफ्ना साझेदारहरुलाई पनि युद्धमा होम्ने तयारी गरिरहेको संकेत देखिएको बताएका छन् । जसलाई प्रचण्डले नयाँ शीतयुद्धका रुपमा व्याख्या गरेका छन् । ‘यो परिघटनाले नयाँ युद्धलाई जन्म दिएर साम्राज्यवादले आफ्नो संकटमोचनको दिशामा अगाडि बढ्दैन भन्न सकिने स्थिति छैन’, अध्यक्ष प्रचण्डको ठहर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप