अनि कमेडियन बने कादर खान
कादर खान, हिन्दी फिल्मको एउटा यस्तो नाम हो, जुन नामलाई कसैले बिर्सदैन । बलिउडको लोकप्रिय कलाकारको नाम लिने हो भने कादर छुट्दैनन् । उनी फिल्ममा जुन भूमिकामा अभिनय गर्थे, त्यो भूमिकाले दर्शकमाझ एउटा छुट्टै छाप छोड्थ्यो । उनले फिल्ममा भिलेनदेखि कमेडियनसम्मका अलगअलग भूमिकामा दर्शकको मन जिते ।
कादर राम्रो कलाकारसँगै उम्दा फिल्म लेखक पनि थिए । उनले बलिउडका कैयौं फिल्ममा सदाबहार संवाद लेखेका छन् । कादरको जन्म सन् १९३७ अक्टोबर २२ मा अफगानिस्तानको काबुलमा भएको थियो । उनको परिवार अफगानिस्तान छोडेर भारतको मुम्बईम बसेको थियो । उनको परिवार मुम्बईको सबैभन्दा फोहोरी र बद्नाम क्षेत्र कमाठीपुरामा बस्थ्यो ।
कादरको घरको आर्थिक अवस्था ठिक थिएन । उनले बिस्तारै–बिस्तारै पढाइ सुरु गरे । उनले इञ्जिनियरिङ पढे र कलेजमा नाटक लेख्न थाले । केही समयपछि कादर एक कलेजमा लेक्चरर बने । तर उनले नाटक लेख्न छोडेनन् । नाटक लेखिरहँदा उनले फिल्मको संवाद लेखन पनि सुरु गरे । सुरुवाती समयमा उनले कैयौं फिल्मका लागि राम्रा संवाद लेखे ।
संवाद लेखिरहँदा उनले फिल्मी अभिनय पनि सुरु गरे । करियरको सुरुवातमा उनले कैयौं फिल्ममा भिलेनको भूमिकामा अभिनय गरे ।
उनको भूमिकालाई दर्शकले निकै मनखपराए । तर एक समय यस्तो आयो कि उनले भिलेनको भूमिकामा अभिनय गर्नै छोडे । उनले भिलेनको भूमिकामा अभिनय नगर्ने निर्णयको कारण उनको परिवार र कलेजका विद्यार्थी थिए ।
कादरले भिलेन भूमिकामा अभिनय गरिरहँदा उनको छोराको स्कुलका अन्य विद्यार्थी रिसाएका थिए । यहाँसम्मकि भिलेन चरित्रमा अभिनय गरेकै कारण छोरा सरफराजसँग उनको झगडा नै परेको थियो ।
कादरकी श्रीमतिले पनि उनलाई भिलेन बन्न रोक लगाएकी थिइन् । उनको पूर्वकलेजका विद्यार्थीले पनि उनलाई भेट्दा भिलेन भूमिका नगर्न सुझाव दिएका थिए ।
त्यसपछि उनले भिलेनको भूमिका छोडेर कमेडियन चरित्रलाई अंगाले । उनले गोविन्दाका साथ कैयौं फिल्ममा कमेडी भूमिकामा अभिनय गरे ।
उनले ‘दाग’, ‘परवीश’, ‘सुहाग’, ‘कुर्बानी’, ‘नसीब’, ‘याराना’, ‘कुली’, ‘आन्टी नम्बर १’, ‘दुल्हे राजा’, ‘आँखियो से गोली मारे’ र ‘दिवाना मे दिवाना’सहित करिब ३ सय बढी फिल्ममा अभिनय गरे । आफ्नो करियरमा झण्डै २ सय ५० फिल्ममा संवाद लेखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
-
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउन दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण