आफ्नो प्रतिवेदनको आलोचना गर्ने बाबुराम र सुरेन्द्र पाण्डेलाई प्रचण्डको जवाफ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौं महाधिवेशनले सबैको ध्यानाकर्षित गरेको बताएका छन् । सकारात्मक र नकारात्मक रुपले भए पनि आफ्नो प्रतिवेदनको चर्चा भएको भन्दै प्रचण्डले विचारको विकासलाई प्रमुख स्थानमा राखेको स्पष्ट पारे ।
प्रचण्डले प्रतिवेदनमाथि टिप्पणी गर्ने पूर्वमाओवादी नेता बाबुराम भट्टराई र एमाले नेता सुरेन्द्र पाण्डेलाई पनि जवाफ दिएका छन् ।
’कस्तो कार्यक्रम ल्याउने हो, कस्तो संगठन बनाउने हो, कस्तो निर्णय गर्ने हो भन्ने चासो थियो । कसैले २१औँ शताब्दी फड्को हान्न खोजे पनि भने, कतिले २०औँ शताब्दीमा फर्किन खोजेको भने । कतिले किताबबाट सारेको पनि भने । कतिले पुरानै बाटोमा जाने भयो पनि भने,’ प्रचण्ड भने, ‘तर यो महाधिवेशन अरुभन्दा फरक रह्यो । यो के कारणले भयो भने यसले सुुरुदेखि नै विचारको विकासलाई प्रमुख स्थानमा राख्यो । पार्टी रुपान्तरणमा केन्द्रित बन्यो । यही रुपमा कम्युनिस्ट आन्दोलनको इतिहासमा दर्ज भयो ।’
महाधिवेशनमा विचारको विकास, आत्मसमीक्षाको रुपमा, जनतासँग जोडिने सवालमा यो महाधिवेशन फरक रुपमा प्रस्तुत भएको सबैले आत्मसात गरेको उनको भनाइ छ ।
पार्टीको जारी महाधिवेशनको दोस्रो दिन गत सोमबार आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठको जवाफ अध्यक्ष प्रचण्डले शुक्रबार दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीलाई रेल र सुरुङ चाहिएन बाटो चाहियो : ज्ञानेन्द्र शाही
-
एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी
-
मेरो अटो मोटर र्यालीको चौथो संस्करण ‘काठमाडौँ टु सौराहा’ आयोजना हुने
-
कुशल भुर्तेलले नै लिए वेस्ट इन्डिजको तेस्रो विकेट
-
राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
-
आईएमई लाइफ इन्स्योरेन्सद्वारा ३४.५० प्रतिशत लाभांश प्रस्ताव