राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
बिहीबार, २० वैशाख २०८१, १३ : २०
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेश गरेका हुन् ।
वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि र बझाङ प्रदेशसभा ‘क’ मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन भएको थियो । राष्ट्रपति पौडेलले सो प्रतिवेदन बुझ्दै नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानुनले निर्वाचन आयोगलाई दिएको जिम्मेवारी निर्वाह गर्ने क्रममा आयोगले खेलेको भूमिकाप्रति आफू खुसी भएको भन्दै धन्यवाद दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण