कुशल भुर्तेलले नै लिए वेस्ट इन्डिजको तेस्रो विकेट
काठमाडौँ । नेपालले चौथो टी–२० क्रिकेटमा बिहीबार भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ को तेस्रो विकेट लिएको छ । वेस्ट इन्डिजको तेस्रो विकेट पनि कुशल भुर्तेलले लिएका हुन् । जारी खेलमा उनले लिएको यो दोस्रो विकेट हो । यसअघि उनले ओपनर जोन्सन चाल्र्सको विकेट लिएका थिए ।
कुशल भुर्तेलले वेस्ट इन्डिजका चौथो नम्बरका ब्याट्सम्यान केसी कार्टीलाई चार रनको ब्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराए । १३.२ ओभरमा केसी कार्टी आउट हुँदा वेस्ट इन्डिजले एक सय २६ रन बनाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भ्रमणकारी टोली वेस्ट इन्डिजले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।
पाँच खेलको शृंखलामा वेस्ट इन्डिज २–१ ले अगाडि छ । शृंखलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो खेलमा पनि वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण