शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
मैत्रीपूर्ण टी–२० प्रतियोगिता

कुशल भुर्तेलले नै लिए वेस्ट इन्डिजको तेस्रो विकेट

बिहीबार, २० वैशाख २०८१, १३ : २२
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । नेपालले चौथो टी–२० क्रिकेटमा बिहीबार भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ को तेस्रो विकेट लिएको छ । वेस्ट इन्डिजको तेस्रो विकेट पनि कुशल भुर्तेलले लिएका हुन् । जारी खेलमा उनले लिएको यो दोस्रो विकेट हो । यसअघि उनले ओपनर जोन्सन चाल्र्सको विकेट लिएका थिए ।

कुशल भुर्तेलले वेस्ट इन्डिजका चौथो नम्बरका ब्याट्सम्यान केसी कार्टीलाई चार रनको ब्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराए । १३‍.२ ओभरमा केसी कार्टी आउट हुँदा वेस्ट इन्डिजले एक सय २६ रन बनाएको छ ।  कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भ्रमणकारी टोली वेस्ट इन्डिजले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । 

पाँच खेलको शृंखलामा वेस्ट इन्डिज २–१ ले अगाडि छ । शृंखलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो खेलमा पनि वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप