आईएमई लाइफ इन्स्योरेन्सद्वारा ३४.५० प्रतिशत लाभांश प्रस्ताव
बिहीबार, २० वैशाख २०८१, १३ : १७
काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सले आ.व. २०७९/८० को बोनस शेयर तथा नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । बुधबार सम्पन्न भएको कम्पनीको सञ्चालक समितिको १९२ औँ बैठकले शेयरधनीहरूलाई कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको बोनस शेयर र ९.५० प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) प्रस्ताव गरेको हो । यो लाभांश नियामक बिमा प्राधिकरणबाट स्वीकृत र आगामी साधारण सभाबाट पारित भए पश्चात् कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ कायम हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
-
पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी साधन कारबाहीमा
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुग्ला ?
-
७ लाख ५० हजार घुससहित सिँचाइ कार्यालय सर्लाहीका डिभिजन प्रमुख र अधिकृत पक्राउ
-
शाे बढाउँदै चलचित्र ‘गौँथली’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण