काँग्रेस जस्तो समावेशी कुनै पार्टी छैन : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाली राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको बताएका छन् । काँग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाद्वारा लिखित नेपालीका सपना अधुरै नामक पुस्तक लोकार्पण समारोहमा उनले भने, ‘नेपालको राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको छ । हामीले राज्यका महत्त्वपूर्ण पदमा महिलाको उपस्थितिको ग्यारेन्टी गर्दै गएका छौँ । अहिले राष्ट्रपति र उपराष्ट्रपति मध्ये एक महिला हुने व्यवस्थापन छ । सभामुख र उपसभामुख मध्ये पनि एक जना महिला अनिवार्य हुनुपर्ने संविधानमै व्यवस्था गरेका छौँ ।’
यस्तै देउवाले काँग्रेसले संविधानको व्यवस्था अनुसार महिला प्रतिनिधित्व सुनिश्चित गरेको बताए । ‘हाम्रो पार्टीमा ३३ प्रतिशत महिलालाई पार्टीको केन्द्रीय कार्यसमिती र तलका तहमा सुनिश्चिता भएको छ, अन्य समुदायको पनि पार्टी नेतृत्वमा प्रतिनिधित्व भएको छ’ उनले भने, ‘नेपालमा काङ्ग्रेसजस्तो समावेशी पार्टी अरु कुनै छैन ।’
प्रधानमन्त्री देउवाले पार्टीभित्र र सदनमा नेता संग्रौलालाले सक्रिय भूमिका खेल्ने गरेको भन्दै प्रशंसा गरेका थिए । प्रधानमन्त्री देउवाले महिलाको हक हितका लागि नेतृ संग्रौलाले भूमिको भन्दै प्रशंसा गरे । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमका बीच विमोचन भएको पुस्तकमा नेपालका दैनिक पत्रिका र मूलधारका अनलाइनहरुमा प्रकाशित लेखहरू संलग्नहरु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमा एकैदिन बाहिरिए दुई महारथी
-
पाकिस्तानको आक्रमणबाट अफगानिस्तानमा कम्तीमा २८ सर्वसाधारणको मृत्यु
-
काठमाडौँ र पोखरासहित प्रमुख सहरहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने
-
पेनाल्टीमा नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै मोरक्को अन्तिम १६ मा
-
आज ११ जिल्लाका साना नदीमा आकस्मिक बाढीको खतरा
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको खेल पेनाल्टी सुटआउटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण