शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस जस्तो समावेशी कुनै पार्टी छैन : प्रधानमन्त्री देउवा

शनिबार, १७ पुस २०७८, ११ : २८
शनिबार, १७ पुस २०७८

प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति  शेरबहादुर देउवाले नेपाली राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको बताएका छन् ।  काँग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाद्वारा लिखित नेपालीका सपना अधुरै नामक पुस्तक लोकार्पण समारोहमा उनले भने, ‘नेपालको राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको छ । हामीले राज्यका महत्त्वपूर्ण पदमा महिलाको उपस्थितिको ग्यारेन्टी गर्दै गएका छौँ । अहिले राष्ट्रपति र उपराष्ट्रपति मध्ये एक महिला हुने व्यवस्थापन छ । सभामुख र उपसभामुख मध्ये पनि एक जना महिला अनिवार्य हुनुपर्ने संविधानमै व्यवस्था गरेका छौँ ।’

यस्तै देउवाले काँग्रेसले संविधानको व्यवस्था अनुसार महिला  प्रतिनिधित्व सुनिश्चित गरेको बताए ।  ‘हाम्रो पार्टीमा ३३ प्रतिशत  महिलालाई पार्टीको केन्द्रीय कार्यसमिती र तलका तहमा सुनिश्चिता भएको छ, अन्य समुदायको पनि पार्टी नेतृत्वमा प्रतिनिधित्व भएको छ’ उनले भने, ‘नेपालमा काङ्ग्रेसजस्तो समावेशी पार्टी अरु कुनै छैन ।’ 

प्रधानमन्त्री देउवाले पार्टीभित्र र सदनमा नेता संग्रौलालाले सक्रिय भूमिका खेल्ने गरेको भन्दै  प्रशंसा गरेका थिए । प्रधानमन्त्री देउवाले महिलाको हक हितका लागि नेतृ संग्रौलाले भूमिको भन्दै प्रशंसा गरे ।  शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमका बीच विमोचन भएको पुस्तकमा नेपालका दैनिक पत्रिका र मूलधारका अनलाइनहरुमा प्रकाशित लेखहरू संलग्नहरु गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप