शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवस्थापन संकायमा स्नातकोत्तर टपेका खरेल नेपाल बैंकबाट सम्मानित

बुधबार, २१ पुस २०७८, ०६ : ५४
बुधबार, २१ पुस २०७८

नेपाल बैंकले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर (मास्टर्स) टपेका विद्यार्थी रामप्रसाद खरेललाई सम्मान गरेको छ । त्रिवि केन्द्रीय व्यवस्थापन विभाग कीर्तिपूरबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीमध्ये खरेल सर्वोत्कृष्ट भएका हुन् । 

खरेललाई प्रधानमन्त्री एवम् विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालयको ४७औं दीक्षान्त समारोहमा ‘नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्णपदक’ प्रदान गरेका हुन् । वि.सं. २०२२ साल माघ ११ गते एक लाख रुपैयाँ अक्षयकोष राखी शुरू भएको उक्त पदक त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई प्रत्येक वर्ष दीक्षान्त समारोह अवसरमा प्रदान गरिन्छ । 

नेपाल बैंकले खरेललाई बैंक प्रधान कार्यालयमै एक कार्यक्रम आयोजना गरेर पनि बधाई दिएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले पदक विजेता खरेललाई बधाई ज्ञापन तथा सम्मान व्यक्त गरेका हुन् । अधिकारीले नेपाल बैंकको नाममा स्थापित नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्राप्त गरेकोमा बधाई ज्ञापन गर्दै भविष्यमा अझ धेरै सफलता प्राप्त गर्न र नेपाल बैंक लिमिटेडको गरिमा बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न शुभकामना दिए । पदक विजेता विद्यार्थी खरेलले स्वर्णपदक प्रदान गरेकोमा नेपाल बैंकप्रति आभार व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप