२०२२ मा आमा बन्दै बलिउडका यी अभिनेत्रीहरू
नयाँ वर्ष सन् २०२२ सुरु भइसकेको छ । वर्षको सुरुवातमा नै बलिउडका फ्यानले सुखद समाचार पाइरहेका छन् । यसमा एउटा प्रमुख सुखद समाचार के छ भने बलिउडका केही अभिनेत्रीहरु यो वर्ष आमा बन्दैछन् । यो सूचीमा टेलिभिजन अभिनेत्री भारती सिंहदेखि दक्षिण भारतीय फिल्म अभिनेत्री काजल अग्रवालसम्म छन् ।
केही दिन अघिमात्र अभिनेत्री काजलका पति गौतम किचलूले सन् २०२२ मा आफूहरू आमाबुवा बन्न लागेको घोषणा गरेका थिए । त्यहीकारण अभिनेत्रीले हालका दिनमा फिल्मको कामबाट छुट्टी लिइसकेकी छन् ।
कमेडी स्टार भारती सिंह पनि गर्भवती छिन् । उनले आगामी अप्रिलमा पहिलो सन्तानलाई जन्म दिँदैछिन् । टेलिभिजन अभिनेत्री पूजा बनर्जीको आमा बन्ने तयारी छ । हालैमात्र उनले आफ्नो बेबी बम्प सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् ।
क्रिकेटर हार्दिक पाण्डेकी पत्नी तथा अभिनेत्री नताशा स्तानको विकले पनि क्रिसमसको मौका पारेर आफ्नो बेबी बम्प तस्वीर सार्वजनिक गरेकी थिइन् ।कन्नड फिल्म अभिनेत्री सञ्जना घलरानी पनि हालका दिनमा गर्भवती छिन् । यो कुराको खुलासा उनले हालै एक मिडियो पोर्टलसँगको कुराकानीमा गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
-
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउन दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण