कोरोनापछि ‘कटप्पा’ को स्वास्थ्यमा समस्या, अस्पताल भर्ना
भारतमा कोरोना संक्रमण उच्च गतिमा बढिरहँदा अधिकांश क्षेत्र प्रभावित भएको छ । त्यसमध्ये चलचित्र क्षेत्र पनि एक हो । कोरोना संक्रमण तिव्र गतिमा फैलिएपछि कतिपय रिलिज हुन ठिक्क परेका फिल्महरु रोकिएका छन् भने कतिपय कलाकारहरु पनि संक्रमित भएका छन् ।
बलिउड र टलिउडमा कलाकारहरु संक्रमित हुनेको सूची लामै रहेको छ । केही दिनअघि महेश बाबु पछि ‘बाहुबली फिल्मबाट चर्चामा आएका कटप्पा अर्थात् कलाकार सत्यराज पनि कोरोना संक्रमित भएका छन् । त्यतिमात्र होइन उनको अवस्थामा सुधार नभएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
रिपोर्टहरुका अनसार केही दिन अघिसम्म फिल्मको सुटिङमा व्यस्त रहेका सत्यराजलाई त्यस समय स्वास्थ्यमा समस्या आएपछि जाँच गरिएको थियो । त्यसक्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो र उनी घरमै आइसोलेट भएका थिए । तर स्वास्थ्य विग्रदै गएपछि उनलाई चेन्नाइको एक अस्पतालमा भर्ना गरिएको छ । तर उनको अवस्थाबारे अस्पतालले औपचारिक रुपमा कुनै जानकारी नदिएको समाचारहरुमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
-
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउन दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण