अभयाको ‘लैजाउ मलाई’ मा अश्मी : भन्छिन्, ‘हाम्रो बच्चालाई क्रुर संसारमा पठाउँदैछौँ’
नेपालको चर्चित रक ब्यान्ड अभया एण्ड द स्टिम इन्जिनले आफ्नो नयाँ गीत ‘लैजाउ मलाई’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
बुधबार लाजिम्पाटस्थित एक रेष्टुरेन्टमा कार्यक्रम आयोजना गर्दै उक्त म्युजिक भिडियो लञ्च गरिएको हो ।
ब्यान्डकी फ्रन्टम्यान अभया सुब्बाले आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक हुनुअघि आफ्नो फेसबुक पेजमा समेत यसबारे जानकारी दिएकी छिन् । भिडियोको लिङ्क सेयर गर्दै उनले लेखेकी छिन्, ‘हामीले हाम्रो बच्चालाई यो क्रुर संसारमा पठाउँदैछौँ । यहाँ यो गीतलाई माया र सद्भावयुक्त व्यवहार गरिनेछ भनेर आशावादी छु ।’
कार्यक्रममा उपस्थित मिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले अभयाको तारिफ गर्दै उनलाई ‘रकस्टार अफ द नेशन’ बताएकी छिन् । उनले नयाँ गीतबारे भनिन्, ‘हामीले कति कमर्सियल म्युजिकमा विशेषगरी हाम्रो समुदायबाट, त्यो लय हालेको, ती शब्द हालेको निकै कम मात्रै पाउँछौँ । लिम्बु समुदायको लिम्बु भाषा एकदमै मौलिक छ, यो पुरानो लिपीमध्येको पनि एक हो, त्यसलाई पनि राखिदिनु भएकोमा धेरै धेरै धन्यवाद । ’
पूर्व मिस नेपाल तथा यस गीतमा आफ्नो अभिनय प्रस्तुत गरेकी अश्मि श्रेष्ठले भनिन्, ‘मैले यो गीत पहिलो पटक सुनेको पाँच सेकेन्डभित्रै यो मेरै लागि हो भनेर महसुस गरेँ । त्यसैले मैले तत्काल यसमा आबद्ध हुने निर्णय गरेँ । ’
अभयाले आफ्नो नयाँ गीतले विभिन्न परिस्थितिलाई बयान गरेको बताएकी छिन् । उनले यसबारे विस्तृत जानकारी दिँदै भनेकी छिन्, ‘एउटी महिला जसले आफ्ना प्रेमी÷श्रीमान्लाई याद गरिरहेकी छिन् । एक व्यक्ति जो असम्भव परिस्थितिमा कैद छ र त्यसबाट निस्कन चाहन्छ । हाम्रो बारे जब लकडाउनका बेला हामी आफ्नै दिमागका कैदी थियौँ । एक वृद्ध व्यक्ति जो भगवानसँग कुराकानी गरिरहेका छन् ।’
यो नयाँ गीतमा डिजे विधान एन्ड जेन्रिक्सका साथै डिल्ली फोम्बोलाई फिचर गरिएको छ । म्युजिक भिडियो प्रिमियर भएको १७ घण्टा नबित्दै यसले २५ हजार बढी भ्यू पाइसकेको छ भने ४२५ बढी कमेन्ट आइसकेको छ । भिडियोलाई धेरैले निकै राम्रो कमेन्ट गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
