हरिवंशको ‘कर्कलो कोक्याउला’ सार्वजनिक
बिहीबार, २९ पुस २०७८, १६ : ५५
वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको बीच गीत सार्वजनिक गरिएको हो ।
गीत गायनमा हरिवंशलाई गायिका समिक्षा अधिकारीले साथ दिएकी छन् भने किरण तुलाधरको एरेन्ज रहेको छ । कार्यक्रममा गीतको भिडियो समेत देखाइएको थियो । भिडियोमा हरिवंश आचार्यको अलवा स्वस्तिमा खड्का, महेश त्रिपाठी, नविन लम्साल र घनश्याम पाण्डेको अभिनय समेटिएको छ ।
भिडियोको निर्देशन मानव सुवेदीले गरेका हुन् । भिडियोले नेपाली चेलीलाई फकाएर विदेशमा लगेर कसरी बेचिन्छ भन्ने देखाउन खोजिएको छ । गीति नाटक शैलीमा निर्माण भएको गीतको भिडियोमा हरिवंश र स्वस्तिमाको अभिनय जिवन्त छ ।
काभ्रे र दक्षिणकालीका बिभिन्न स्थानमा छायांकन भएको भिडियो सुशील सापकोटाले खिचेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण