
‘नारायण नारायण’ लिएर आए गायक अशोक

गायक अशोक अर्यालको स्वर, शब्द र संगीत रहेको नयाँ लोक भजन ‘नारायण नारायण’ सार्वजनिक भएको छ । कृष्ण भान्जाको संगीत संयोजन छ । स्याङ्जा जिल्लाको मालुङ्गा र पाल्पा जिल्लाको हुँगीमा रहेको पवित्र तीर्थस्थल कालीगण्डकी उत्तर बाहिनी क्षेत्रमा छायाङ्कन गरिएको लोक भजनको भिडियोको निर्देशन प्रतिमा अर्यालले गरेकी हुन् ।
नविन घर्तीमगरको सम्पादन रहेको भजनको भिडियोको निर्माण र बजार व्यवस्थापन सलिना म्युजिक प्रालिले गरेको छ । गायक अर्यालले आफ्नै युट्युब च्यानल ‘अशोका इन्टरटेनमेन्ट’ मार्फत् भजन सार्वजनिक गरेका हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ