‘चिसो एस्ट्रे’ को गीत ‘ड्रिम पाइरेसी’ सार्वजनिक
दिनेश पाल्पालीको निर्देशन रहको फिल्म हो ‘चिसो एस्ट्रे’ । आगामी चैत ४ गते प्रदर्शन मिति तोकिएको फिल्मले पहिलो गीत ‘ड्रिम पाइरेसी’ सार्वजनिक गरेको गीतमा अजर जंगमको स्वर तथा संगीत छ । गीतको शब्द निर्देशक पाल्पाली आफैंले कोेरेका हुन् ।
अरुले बाँचिरहेका सपनाहरु पूरा गर्न मानिसहरुले गरेको दौडधुपको कथा गीतले भन्छ । गायक जंगमले गीतले फिल्मको कथालाई अभिव्यक्त गर्ने बताए । गीतमा युवापुस्ताको दैनिकी बनेका चुरोट, कन्भर्स, चश्मालाई एनिमेसन गरी मार्फत देखाइएको छ ।
महेशबाबु तिमल्सिना निर्माता रहेको फिल्ममा उज्जवल बस्ताकोटीको छायांकन र उज्वल ढकालको सम्पादन छ । ‘एउटा गाउँले ठिटो सहरी ठिटो बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्छ, फिल्ममा यही थिममा तयार भएको छ’ निर्माता महेशबाबु तिमल्सिनाले भने ।
कंगारु क्रिएसन र लोकल सिनेमाको ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेश बाबुलाई प्रविन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । फिल्मको सह–निर्मातामा भने रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण