शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विभाजनका बेला छुटे, ७५ वर्षपछि दाजुभाइको भेट हुँदा आँसुका धारा

आइतबार, ०२ माघ २०७८, १५ : १८
आइतबार, ०२ माघ २०७८

‘मेरो भिसा देउ भनेर इमरान खानलाई भन न । भारतमा मेरो कोही पनि छैन ।’

‘तिमी पाकिस्तान आउ, म तिम्रो विवाह गरिदिन्छु ।’

यो ती दुई दाजुभाइको कुराकानीको एउटा हिस्सा हो जसको स्वतन्त्रतापछि पहिलो पटक भेट भइरहेको छ ।

मोहम्मद सिद्दीक र मोहम्मद हबिबको यो पुनर्मिलन ती लाखौँ मानिसहरुको वर्षौंदेखि एउटा चाहना हो जसका लागि स्वतन्त्रतासहित भएको विभाजन एउटा कहानी मात्रै होइन ।

यी दुई दाजुभाइ विभाजनका बेला छुट्टिएका थिए, जब उनको परिवार हतारमा जालन्धरबाट पाकिस्तानका लागि गए । उनीहरुको पिताको मृत्यु भयो । सिद्दीकी आफ्नी बहिनीसँग पाकिस्तान पुगे । हबिब आफ्नी आमासँगै बसे । आमाको पछि मृत्यु भयो ।

उनलाई अहिले पुराना कुरा खासै याद छैनन् । तर करिब ७५ वर्षपछि करतापुर करिडोरमार्फत् दुई भाइको मिलन भयो । यो ती अनगिन्ती कहानीमध्ये एकउ हो जसको सुरुवात विभाजनबाट भएको थियो ।

‘म इमरान खानलाई आग्रह गर्छु कि उनले बिछोड भएका भाइ मोहम्मद हबिबलाई पाकिस्तानको भिसा दिउन् । यदि हामी जीवनको अन्तिम समय सँगै बिताउन सक्यौँ भने सायद आफ्ना माता–पिता र भाइ बहिनीसँग बिछोडिनुपरेको पीडा कम हुन सकोस् ।’

यो अनुरोध मोहम्मद सिद्दीकीले गरेका हुन् । उनी पाकिस्तानको पञ्जाबको फैसलाबाद जिल्लाको चक २५५ मा बस्छन् ।

त्यो छोटो भेटः

करतापुरमा दुई भाइको भेटका साक्षी नासिर ढिल्लोले यी दुईको भेट असाध्यै भावुक पारिदिने खालको बताए । यी दुईलाई करिब सय जनाले हेरिरहेका थिए ।

सबैको आँखामा खुसीको आँसु थियो । केही घण्टाको भेटपछि जब दुई भाइ एक पटक पुनः छुट्टिन गइरहेका थिए तब यसले पनि फेरि सबैका आँखा रसिला भएका थिए ।

दुुवै भाइका बीच थुप्रै वर्षपछि पहिलो सम्पर्क २ वर्ष पहिले भएको थियो । दुुई वर्षपछि यी दुई दाजुभाइ दैनिक भिडियो कलमार्फत् एक अर्कालाई भेट्थे । मोहम्मद सिद्दिक मोबाइल फोनको प्रयोग गर्न जान्दैनन् । तर उनका छोराछोरी र गाउँलेले यसमा सहयोग गर्दथे ।

यसैगरी मोहम्मद हबीब पनि मोबाइल फोनको प्रयोग गर्न जान्दैनन् । तर उनका सिख साथीहरुले उनलाई सहयोग गर्दथे । मोहम्मद हबीब एक सिख परिवारसँगै  बस्दै आएका छन् ।

जब हामी मोहम्मद सिद्दिकसँग भेट्न उनको गाउँ गयौँ उनी त्यतिबेला आफ्ना भाइ मोहम्मद हबीबसँग जूूममा कुराकानी गरिरहेका थिए ।  मोहम्मद सिद्दिकले आफ्ना भाई मोहम्मद हबीबलाई भनिरहेका थिए, ‘तपाईंका नाती, र छर–छिमेकीले तपाईंलाई सम्झिरहन्छन् । तपाईंले विवाह गर्नुु भएन , पाकिस्तान आउनुस् म तपाईंको विवाह गराइदिन्छु ।’

मोहम्मद हबीबले आफ्ना भाई मोहम्मद सिद्दिकसँग भन्दै थिए, ‘इमरान खानसँग भन्नुस् कि मलाई भिसा दिनुस् । भारतमा मेरा कोही पनि छैनन् । यो उमेरमा म एक्लो भइसकेको छु । यत्तिको एक्लोपनामा अब जिन्दगी गुजार्न सकिन्नँ ।’

कसरी छुट्टिए दुुई भाइ ?

मोहम्मद सिद्दिकलाई आफ्नो परिवारसँग अलग भएको घटना राम्रो तरिकाले सम्झना छ । त्यतिबेला उनी करिब १०–१२ वर्ष थिए । जबकी मोहम्मद हबीब आफ्नो माता, पिता, भाइ–बहिनी र नाम तथा जुन इलाकामा उनीहरु छुट्टिए त्यहाँका मानिसले सुनाएको कुराबाहेक अरु केही याद छैन । त्यतिबेला उनी डेढ, दुई वर्षका मात्रै थिए ।

मोहम्मद सिद्दिकका अनुसार उनको गाउँ जागरावा जालन्धरमा थियो । उनी भन्छन्, ‘मेरा पिता एक जमिनदार थिए । मलाई सम्झना छ कि हाम्रो खेतमा धेरै खरबुजा लगाउने गरिएको थियो । मलाई मेरी आमाको बारेमा पनि सम्झना छ ।’

उनलाई सम्झना छ कि उनको सानो भाइ मोहम्मद हबीबलाई लिएर आमा फूूलवालामा आफ्नो भाइको घरमा गएकी थिइन् । यो भारतको बठिंडा जिल्लामा छ ।

उनी भन्छन्, ‘उनी माइती गएपछि हाम्रो गाउँमा हमला भएको थियो । मानिस भागदौड गरेर आफ्नो इलाका छोडिरहेका थिए । सबैले पाकिस्तानी धारणा देखाउँदै थिए । सबैजना आफ्नो ज्यान जोगाउने कोसिसमा मात्रै थिए ।’

‘मलाई सम्झना छ कि म आफ्नो पिता र बहिनीसँग थिएँ । मलाई थाहा छैन  कि मेरा पिताको मृत्यु कसरी भयो । हामी भाइ बहिनी कुनै तरिकाले पैmसलाबादको शरणार्थी शिविरमा पुगेका थियौँ ।’

मोहम्मद सिद्दिक भन्छन्, ‘फैसलाबादको शरणार्थी शिविरमा मेरी बहिनी बिरामी भएकी थिइन् र उनको मृत्युु भयो । मलाई थाहा छैन कि कुन तरिकाबाट मेरा आफन्तहरु मलाई खोज्दै फैसलाबादको शरणार्थी क्याम्पमा पुुगे ।’

मोहम्मद हबीब भन्छन्, ‘यो गाउँ र क्षेत्रमा मेरा कोही पनि छैनन् । इलाकाका मानिसहरुले मलाई बताए अनुसार जब दंगा सुरु भयो तब मेरी आमा आफ्नो माइतीमै फसेकी थिइन् । यसैबीच विभाजन पुरा भयो । जब पाकिस्तान र भारतको गठन भयो, पिता र बहिनी सबै मारिएको खबर हामीले पायौँ । भाइको बारेमा केही थाहा थिएन ।’

मेरी आमाले पनि यो घटना सहन सकिनन् । मानसिक रोगी भइन् र उनको मृत्युु भयो । उनको माइतीका मानिस पनि पाकिस्तान गए ।

उनले बताए, ‘मैले बाल्यकालदेखि हालसम्म केवल आफ्नो सरदार साथी मात्रै देखेको छु । म उनीहरु सँगै बस्छु र उनीहरुकै साथमा हुर्किएको हुँ ।’

विभाजनपछि आउने केही सेनाहरुले केही जानकारी दिने गरेको उनले बताए । उनीहरुमार्फत् नै आमाको पनि देहान्त भएको खबर मैले पाएँ । तर कुनै बलियो सम्पर्क यसकारण स्थापित हुन सकेन किनभने मेरी आमाको माइती पक्ष पनि पाकिस्तान विस्थापित भएका थिए । ’

उनलाई मोहम्मद हबीब बारे खासै धेरै जानकारी थिएन ।

मोहम्मद सिद्दिक भन्छन्, ‘हाम्रो समयमा त परिचय पत्र पनि बन्दैनथ्यो । तर म पाकिस्तानको उमेर भन्दा १० वा १२ वर्ष जेठो छु । जीवनको कयौ महिना र वर्ष आफ्नो भाईको सम्झना गर्दै बिताएको थिए ।

आमाको मृत्युको पुष्टि भएको खबर आयो । बहिनी र पिताको शव देखियो । तर जीवनभरी एउटै विश्वास थियो कि मेरो भाइ त जिउँदो छ । ’

विगतलाई स्मरण गर्र्दै उनी भन्छन्, ‘पाकिस्तानमा मेरा एकजना अभिभावक थिए । हामी पैmसलाबादको फरक फरक क्षेत्रमा बस्छौँ । फेरि हाम्रो चक २५५ मा जमीन बाँडफाँट भयो । यसपछि मात्रै हामी यो गाउँमा आएका हौँ ।’

मोहम्मद हबिब आफ्नो बाल्यकाल र अतितबारे कुरा गर्न खासै तयार भएनन् । उनी भन्छन्, ‘आमाबुवा बिनाको बच्चामाथि के भयो होला, के हुन्छ होला ? मैले आफ्नो जीवन त्यो गाउँमा बिताएँ जहाँ मेरी आमाले मलाई छोडेर मृत्युवरण गरिन् ।’

‘मेरो विवाह पनि मामाका छोराछोरीसँग भयो । पुरा जीवन खेती र जमिन्दारी गर्दा गर्दै बित्यो ।

कसरी भयो सम्पर्क ?

मोहम्मद सिद्दिकका अनुसार भाइको सम्झनाले उनलाई धेरै सताइरहेको थियो ।

उनी भन्छन्, ‘मेरो मनले सधैँ भन्थ्यो कि मेरो भाइ जीवित नै छ  । उनलाई हेर्न असाध्यै इच्छा थियो । म समकालीन र जोगीको घरमा पनि गए । सबैले कोसिस गरे भाइ भेटिन्छ भन्ने ठूलो आशा थियो ।’

उनी भन्छन्, ‘पुरै गाउँलाई मेरो कहानी बारे थाहा छ । मैले आफ्नो कहानी नम्बरदार र अब नम्बरदारको छोरा मोहम्मद इशराकलाई पनि सुनाएको थिएँ  । मोहम्मद इशराक आजभन्दा करिब २ वर्ष अघि नासिर ढिल्लोसँग म भएको ठाउँमा आएका थिए । उसले मसँग सबै कुरा सुनेर क्यामरामा रिकर्ड गरे र मेरो फिल्म पनि बनाएका थिए ।

‘फिल्म चलेको केही दिनपछि उनी र मोहम्मद इशराक दोस्रो पटक आए । पुनः उनले भने,‘ मेरो भाइ भेट्टियो ।  उनले मेरो भाइसँग कुरा पनि गराएका थिए ।’

नासिर ढिल्लो भन्छन्, ‘चक २५५ को नम्बरदार मोहम्मद इशराक मेरा साथी थिए । मेरा साथी लवली सिंह र उपमहाद्वीपको विभाजनको अवधिमा छुट्टिएका मानिस भेटाउन युट्यूबमा पंजाबी लहर एक च्यानल बनाइएको छ । हामी उनीहरुको कहानी सुन्छौँ जसको आफ्नो आफन्तसँग छुट्टिएका छन् । हामी उनीहरुलाइ भेटाउने कोसिस पनि गरिरहेका छौँ ।’

उनले भने, ‘जब मोहम्मद सिद्दिकको कहानी यूट्यूूबको माध्यमबाट सुनाइयो तब भिडियो फूलवालाका डां. जगफीर सिंहले हेरे । उनले हामीलाई सोशल मिडियामा सम्पर्क गरे । फेरि हामीले उनीसँग फोनमा कुरा ग¥यौ । डाक्टर जगफीर सिंहले हामीलाई त्यो नाम बताए जो मोहम्मद सिद्दिकले हामीलाई बताएका थिए ।

डाक्टर जगफीर सिंह भन्छन्, ‘मोहम्मद हबीब या हबीब खानलाई हामी सबै  शिकाको नामबाट चिन्दछौँ ।’ उनको सक्कली नाम शायद पुरै क्षेत्रमा अत्यन्त कम मानिसलाई थाहा छ । उनीहरु मध्य म पनि एक हुँ । मैले आपूmभन्दा ठूलाबाट शिकाको कहानी सुनेको थिएँ, यता शिका आफैँले पनि मलाई धेरैपटक आफ्नो कहानी सुनाइसकेका थिए ।’

शिकाको इच्छा कुनै पनि तरिकाबाट आफ्नो भाइसँग भेट्ने थियो ।  ‘तर न कुनै तस्बिर, न कुनै ठेगाना यो कसरी सम्भव हुन्छ । यो असम्भव अवस्थालाई पनि २ वर्ष अगाडिको पंजाबी लहर नामक युट्यूूब च्यानलले सम्भव गराइदियो ।’

बीबीसी

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप