नेप्सेमा बाढी, ६९ अंकले बढेको बजारमा साढे ९ अर्बको कारोबार
आइतबार, ०२ माघ २०७८, १५ : १८
सेयर बजार परिसूचक नेप्सेमा आइतबार उच्च कारोबार भएको छ । साताको पहिलो कारोबार दिन समेत रहेको यस दिन नेप्से सूचकमा अधिकतम ६९ अंकको वृद्धि आउँदै २९ सय २६.७४ विन्दुमा उक्लिएको हो ।
६९ अंकले बढेको बजारमा आज ९ अर्ब ६७ करोड ६३ लाखको कारोबार भएको छ ।
यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ११.८१ अंकले बढ्दै ५४२.६३ विन्दुमा उक्लिएको छ । यस दिन सबै उपसूचकहरु धनात्मक हुँदै बजार नै हरियाली भएको छ भने आधा दर्जन कम्पनीको सेयर मूल्य ७ प्रतिशत माथिले वृद्धि भएको छ । यस दिन सबैभन्दा बढी मध्य भोटेकोशी जलविद्युत कम्पनीका सेयरधनीहरूले ९.९९ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी बोटलर्स नेपालका लगानीकर्ताहरूले ३.८२ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु