
मधेश प्रदेश कायम भएसँगै मधेसी जनताको ठूलो सपना पूरा भएको छ : मुख्यमन्त्री राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम मधेश कायम भएसँगै मधेसी जनताको एउटा ठूलो सपना पूरा भएको बताएका छन् । प्रदेशसभाको बैठकबाट प्रदेशको नाम र राजधानी टुङ्ग्याएपछि संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री राउतले मधेस प्रदेश नाम राख्ने प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएसँगै मधेशी जनताको ठूलो सपना पूरा भएको बताए ।
“मधेस प्रदेशको नामकरणले मधेस आन्दोलनले सम्मान पाएको छ”, मुख्यमन्त्री राउतले भने, “मधेश आन्दोलनको भावना र मधेशी जनताको चाहनाअनुरूप मधेश प्रदेश कायम भएको छ, यो हामी सबैको गौरवको कुरा हो ।” यसबाट शहीदहरुको सम्मान भएको उनको भनाइ थियो ।
मधेस प्रदेशको घोषणाले पहिचानको प्रतिनिधित्व गर्ने बताउँदै उनले यसबाट उत्पीडित वर्ग, समुदायको मुक्तिका लागि अघि बढ्न ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे । मधेश प्रदेश स्थापनाका लागि सहयोग पुर्याउने सबै प्रदेशसभा सदस्य, प्रदेशसभा सचिवालयका कर्मचारी लगायतलाई धन्यवाद ज्ञापन दिँदै मुख्यमन्त्री राउतले सम्पूर्ण प्रदेशवासी, देशवासीमा बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन् । प्रदेश सरकार गठन भएको चार वर्षपछि आज नाम मधेस र राजधानी जनकपुरधाम प्रदेशसभाबाट पारित भएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ