‘आत्मरक्षा’का लागि बेलायतले युक्रेनलाई हतियार पठाउँदै
रुसले सीमा क्षेत्रमा १ लाख सेना जम्मा गरेपछि बेलायतले युक्रेनलाई ‘आत्मरक्षा’ छोटो दुरीको एन्टी ट्यांक मिसाइल पठाउने भएको छ । रक्षा सचिव बेन वालेसले सांसदहरुलाई बेलायतले युक्रेनको सेनालाई प्रशिक्षण दिन बेलायती सेनाको सानो टुकडी पनि त्यहाँ जाने जानकारी दिएका हुन् ।
उनले भने, ‘रुसको सेनालाई आक्रमणका लागि प्रयोग गर्न सक्ने देखिएको छ । यो चिन्ताको विषय हो ।’ तर रुसले भने आक्रमणको कुनै पनि योजना नरहेको बताउँदै पश्चिमा मुलुकहरु आक्रामक बनिरहेको आरोप लगाएको छ । सन् २०१५ यता दर्जनौँ बेलायती सैनिकहहरु युक्रेनमा पुगेर त्यहाँका सैनिकहरुलाई प्रशिक्षण दिइसकेको छ । सन् २०१४ मा रुसले क्रिमियालाई गाभेपछि बेलायतले युक्रेनको पुनर्निमाणमा सहयोग गर्ने बताएको थियो ।
वालेसले रुसको ‘बढ्दो धम्कीपूर्ण व्यवहार’ बीच बेलायतले युक्रेनलाई थप सहयोग प्रदान गर्ने पनि जिकिर गरे । हतियारको पहिलो खेप सोमबार पठाइएको उनले जानकारी दिए पनि कस्तो प्रकारको हतियार पठाइयो भन्ने चाहिँ खुलाएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण