शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहपछि दीपिकाको 'किसिङ सिन'ले पायो चर्चा, अन्य सेलिब्रेटीले विवाहपछि के गरे ?

आइतबार, ०९ माघ २०७८, ११ : ४८
आइतबार, ०९ माघ २०७८

बलिउड अभिनेत्री दीपिका पादुकोण, सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डे अभिनित फिल्म 'गहराइयां' को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा विवाहवेत्तर सम्बन्धको समस्याका विषयहरु उठान गरिएको छ । जसमा दीपिका र सिद्धान्तबीच धेरैवटा चुम्बनको दृश्य देखाइएको छ । विवाहपछि दीपिकाले यो फिल्ममा चुम्बनको दृश्य भएको फिल्म खेलेपछि यसको चर्चा हुन थालेको छ । तर, बलिउडका कतिपय स्टारहरुले भने विवाहपछि फिल्ममा चुम्बनको दृश्य दिन छोडेका छन् । 

करीना कपूर खान 
करिनाले सन् २०१२ मा सैफ अली खानसँग विवाह गरिन् । सैफ खान अनस्क्रिन किस गर्न हिच्किचाउँछन् । तर, करिनाले भने सन् २०१६ मा अर्जुन कपूरसँग किस गरेको सिन दिएकी छन् । 

शाहरुख खान 
बलिउडका बादशाह र रोमान्सका राजा शाहरुख खानले फिल्ममा किस सिन कमै मात्र दिने गरेका छन् । उनले फिल्म 'जब तक है जान'मा कटरिनासँग एउटा चुम्बनको दृश्य दिएका छन् । उनीहरुबीच थुप्रैवटा किस सिन छन् । 

सैफ अली खान 
बलिउड अभिनेता सैफ अली खानले फिल्म 'रंगून'मा कंगना रनोटसँग चुम्बनको दृश्य दिएका थिए । उनी फिल्ममा किस गर्न चाहाँदैनन् । उनी फिल्ममा त्यस्तो दृश्य हुन आवश्यक नभएको बताउँछन् । 

शाहिद कपूर 
मीरा राजपूतसँग विवाह गरेपछि शाहिदले चुम्बन नगर्ने बताएका थिए । तर उनले फिल्म 'रंगून'मा आफ्नो पोलिसी तोडेर कंगना रनोटसँग चुम्बन्ध गरे । त्यसपछि उनले 'कबिर सिंह'मा किस सिन गरेका छन् । 

ऐश्वर्या राय बच्चन 
बलिउड अभिनेत्री ऐश्वर्या रायले फिल्ममा प्रायः बोल्ड सिन दिएकी छन् । उनले 'धुम २' मा दिएको चुम्बनको दृश्यले धेरैलाई हैरान बनाएको थियो । उनले सन् २००६ मा ऋतिक रोशनसँग गरेको चुम्बनको दृश्यले उनकी सासु जया बच्चन रिसाएकी थिइन् । उनले 'ऐ दिल है मुश्किल'मा पनि रणबीर कपूरसँग चुम्बनको दृश्य दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप