पल र कृष्टिनाको ‘तिमी आउँछौ की भनी’ सार्वजनिक
आइतबार, ०९ माघ २०७८, १७ : ३९
पछिल्लो समय अभिनेता पल शाह मिडियामा निकै छाउन थालेका छन् । उनी मिडियामा छाउने बिषय कहिले गायिका समीक्षा अधिकारीसँगको सम्बन्ध त कहिले उनी अभिनित म्युजिक भिडियो बन्ने गरेको छ ।
यस्तैमा पल अभिनित नयाँ म्युजिक भिडियो ‘तिमी आउँछौ की भनी’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा पललाई कृष्टिना थापाले प्रेमिकाको रुपमा अभिनयमा साथ दिएकी छन् । भिडियोमा प्रेमिकाले आफुले औधी माया गरेको प्रेमीको पर्खाइ र सम्झनामा बितेका दिनको कथा बुनिएको छ ।
यो गीत गायक सुनिल गिरीको स्वर रहेको ‘तिमी आउँछौ की भनी’ को फिमेल भर्सन हो । शब्द, संगीत पनि गायक गिरीकै रहेको गीतमा गायिका सुमन गुरुङको स्वर छ । गोपाल रसाइलीको एरेन्ज रहेको गीतको भिडियो अनिल के मानन्धरले निर्देशन गरेका हुन् । निर्देशक अनिलकै छायाङ्कन रहेको भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण