शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोत्तम सिमेन्टको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित

बिहीबार, १३ माघ २०७८, ११ : ५२
बिहीबार, १३ माघ २०७८

सर्वोत्तम सिमेन्ट कम्पनीको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गरिएको छ । 
त्यसैगरी आर्थिक वर्ष २०७७/२०७८ को लागि सञ्चालक समितिले सिफारिस गरे बमोजिम लेखा परीक्षकमा सुभास एण्ड कम्पनी चार्टड एकाउन्टेण्टसलाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ । साथै, विशेष प्रस्तावहरू अन्तर्गत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन ६० लाख कित्ता सेयर निष्कासन बुक बिल्डिङ विधिबाट गर्ने प्रस्ताव पारित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप