कविता : परिवर्तन
तिम्रा आवाजहरू
बुलन्द हुँदैगर्दा
यी गगनचुंम्बी भवनहरूको
कुनै अवशेष थिएन
अधिकारको लागि
तिमी फासिमा चड्दै गर्दा
संविधानको कुनै
लिपि थिएन देशमा
थियो त केवल
जंगे साशन,
अनि तिनैको
सेवामा लेखीएका अक्षरहरू ।
परिवर्तनका आवाज संगसँगै
जुर्मुराएका युवाहरू
बिस्तारै(बिस्तारै
अधिकारका निम्ति लड्दै गर्दा
तिम्रा हत्केलामा
नेलकडि लगाउने शासकहरू
अलि अलि अधिकार दिन
तयार हुदैथिए
तर ।
तानाशाह ढलेन
फेरि मौलायो कुशासन र अत्याचार ।
अधिकारको निम्ति लढ्न भनी
संगठित भएका संस्थाहरू
आपसमा वेमेलको सिकार बनी
राजालाई नै बुझाउन पुगेथे
अधिकार
तिनै राजाको पाउँमा
दाम राख्नेहरू
आज सरकारको
गुलामी गर्दैछन
साएद यसपाली
साँढेको फल झर्ला झै गरेर ।
तिम्रा नाममा मौनधारण
गर्ने ओँठहरू
न्यायको विगुल फुक्न
थरथराईरहेछन यहाँ
किन कि
उनका सपना, उनको विपना
तिनै कुलिनहरूले लिईरहेकाछन् ।
दृष्यमा मनमोहक देखिने पाखाहरूले
तिम्रा धुन नसुनेको बर्षौ
भईसकेको छ
किन कि
यहाँ हजारौ सहिदको
गाथा बोकेको छ ।
सहिदको नाममा विभाजित
मेरो समुदाय
आपसमा जोडेर
संगिन ती आवाजहरूले
लिएको युगिन परिवर्तलाई
अनन्तकालसम्म पनि
अमर, अजेय
चिरकाल बनाउँदै
सहिदले
देखाएको परिवर्तनको बाटो
सम्माल्नु छ यहाँ
किन कि
यहाँका हिमाल,
तराई, पहाडका फाँट
र तिनै महलहरूमा
सहिदको सपना लुकेको छ ।
हरेक परिवर्तमा सहितको
रगत बगेकोछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण