बलिउडका सङ्गीत निर्देशक बप्पी लहरीको निधन
बलिउडका सङ्गीत निर्देशक बप्पी लहरीको मंगलबार राती ११ बजे ६९ वर्षको उमेरमा निधन भएको छ । उनले मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा अन्तिम सास फेरे । साङ्गीतिक उद्योगमा बप्पी लहरीलाई डिस्को किङ्ग भनिन्थ्यो । उनको वास्तविक नाम अलोकेश लाहिडी थियो । बप्पी लहरी आफ्नो सङ्गीतका साथै अत्यधिक सुन लगाउने भएका कारण पनि चर्चित थिए ।
बप्पी यो क्षेत्रमा आफ्नो भिन्न आवाज र सङ्गीतका लागि चर्चित थिए । उनले सन् १९७५ मा रिलिज भएको फिल्म ‘जख्मी’ बाट पहिचान पाएका थिए । पप म्युजिकलाई भारत ल्याउने श्रेय बप्पी लहरीलाई नै जान्छ ।
बप्पी लहरीको जन्म २७ नोभेम्बर सन् १९५२ मा पश्चिम बंगालको शहर जलपाईगुडीमा भएको थियो ।
बप्पी लहरीका आमा–बुवा अपरेश लहरी र बंसारी लहरी चर्चित बांग्ला गायक र शास्त्रीय सङ्गीतकार थिए । आफ्नो आमा–बुवाको नक्साकदममा हिँड्दै तीन वर्षको उमेरमा नै बप्पी लहरीले तबला बजाउन सुरु गरेका थिए । यद्यपि, आफ्नो फिल्मी करियरमा उनले धेरैजसो पार्टी डान्स म्युजिक नै कम्पोज गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण