सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

शिक्षक सेवा आयोगले तोक्यो प्राथमिक तहको परीक्षा केन्द्र

आइतबार, ०८ फागुन २०७८, २१ : १४
आइतबार, ०८ फागुन २०७८

शिक्षक सेवा आयोगले प्राथमिक तहको परिक्षा केन्द्र तोकेको छ । आयोगले आइतबार १९ चैतमा हुने प्राथमिक तह खुल्ला तर्फको लागि परिक्षा केन्द्र तोकेको हो ।

आयोगका अनुसार प्रदेश १ का लागि झापा, मोरङ, सुनसरी र उदयपुर, मधेश प्रदेशका लागि धनुषा र पर्सा, बागमती प्रदेशका लागि चितवन, मकवानपुर, काठमाडौं र ललितपुर कायम गरिएको छ । यस्तै गण्डकी प्रदेशका लागि बागलुङ, कास्की र तनहुँ, लुम्बिनी प्रदेशका लागि रुपन्देही, कपिलबस्तु, दाङ र बाँकेमा कायम गरिएको छ ।

यस्तै कर्णाली प्रदेशका लागि सुर्खेत, सुदूरपश्चिमका लागि कैलाली र कञ्चनपुरमा परिक्षा केन्द्र कायम गरिएको आयोगले जनाएको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप