सरकारले चलचित्र क्षेत्रमा लगानी बढाउनुपर्छ : उपप्रधानमन्त्री महासेठ
काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाललाई फिल्म छायांकन गर्ने प्रमुख देश बनाउनुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उपप्रधानमन्त्री महासेठले हिमाल, पहाड र तराईको संगम भौगोलिक स्थिति मिलेको देश नेपाल भएको बताए । उनले नेपाललाई फिल्म छायांकनको हब बनाउन सरकारले पनि आवश्यक पहल गर्ने बताए । उनले सरकारले चलचित्र क्षेत्रलाई विशेष महत्त्व दिएर जान अहिलेसम्म नसकेको बताए । उनले नेपाल सुन्दरताको खानी भएको बताए । उनले सरकारले चलचित्र क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । उनले सरकारको लागि चलचित्र क्षेत्र देश चिनाउने महत्त्वपूर्ण क्षेत्र भएको बताए ।
कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र क्षेत्रलाई साथ र सहयोगको आवश्यक रहेको बताए । उनले चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रका लागि सक्दो सहयोग गरिरहेको पनि बताए । उनले नेपाली चलचित्र क्षेत्रलाई विश्वव्यापीकरण गर्न आफूहरू लागिरहेको बताए ।
अध्यक्ष केसीले नयाँ चलचित्र ऐन बन्न नसक्दा कतिपय समस्या आइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण