जस्टिन बिबरलाई कोरोना, रोकियो कार्यक्रम
चर्चित हलिउड गायक जस्टिन बिबर कोरोना संक्रमित भएका छन् । बिबर शनिबार कोरोनाद्वारा संक्रमित भएको खबर उनको टिमले सार्वजनिक गरेको छ । बिबरको स्वस्थ्य अवस्था अहिले ठिक छ । कोरोना संक्रमित भएको कारण लस भेगासमा आयोजित आइतबारको कार्यक्रम ‘जस्टिन वल्र्ड विल’ समेत रद्द गरिएको छ ।
कार्यक्रम गर्मीका लागि पहिल्यै निर्धारित थियो । यसबाहेक बिबरको यो साता अन्य दुई कार्यक्रमसमेत रहेको छ । तर अहिलेसम्म यी कार्यक्रम स्थगित भएको नभएको सार्वजनिक गरिएको छैन ।
मिडिया रिपोर्टका अनुसार बिबरको टिमका अन्य सदस्यसमेत कोरोनाद्वारा संक्रमित छन् । २७ वर्षका बिबरको लस भेगासको कार्यक्रम २८ जुनसम्म रोकिएको छ । कार्यक्रमका आयोजकले कार्यक्रम स्थगित गर्नु परेकोमा दुःख व्यक्त गरेका छन् ।
बिबर कोरोनो संक्रमित भएको समाचार सार्वजनिक भएदेखि उनका फ्यान स्वास्थ्य लाभको कामना गरिररहेका छन् । वेस्ट हलिउड, क्यालिफोर्नियालगायतका स्थानमा धेरै दर्शक माझ प्रस्तुति दिएका कारण उनी कोरोना संक्रमित भएको बताइन्छ । बिबरले १२ वर्षको उमेरदेखि गायन सुरु गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण