जब पूर्व श्रीमतीले हानिन् थप्पड, करण सिंह ग्रोवरको दुईपटक भइसकेको छ डिभोर्स
करण सिंह ग्रोवर २३ फेब्रुअरी अर्थात् आज आफ्नो जन्मदिन मनाइरहेका छन् । आफ्नो फिटनेस, लभ लाइफ र लुक्सका कारण चर्चामा रहने करण सिंह ग्रोवर थुप्रै पटक विवादमा फसिसकेका छन् । करण सिंहका विवाह, सम्बन्धविच्छेद निकै चर्चामा रहे । उनीमाथि धोका दिएको आरोप पनि लागिसकेको छ ।
करण सिंह ग्रोवरकी दोस्री श्रीमती जेनिफ विंगेटले अभिनेतामाथि धोका दिएको आरोप लगाएकी थिइन् । खबरका अनुसार जेनिफरले करणलाई धोका दिइरहेका बेला रंगेहात समातेकी थिइन् । रिसले आँखा नदेखेकी जेनिफरले करण सिंह ग्रोवरलाई जोडले थप्पड पनि हानेको भारतीय सञ्चार माध्यमले बताउने गर्छन् ।
स्रोतका अनुसार शो दिल मिल गएको सेटमा जेनिफरले करणलाई थप्पड हानेकी थिइन् । यो घटनापछि उनीहरुबीच कुराकानी बन्द भएको थियो । उनीहरुले आफ्नो सिन्स पनि सँगै सुट गर्दैनथे । करण आफ्नी जेठी श्रीमती श्रद्धा निगम र पूर्व प्रेमिका निकोला अल्भारेसका लागि उनलाई चिट गरिरहेको जेनिफरलाई थाहा भएको थियो ।
यो मनमुटावको केही समयपछि यी दुईबीच स्थिति सामान्य भयो तर यसले खासै फाइदा गरेन । छिट्टै उनीहरुबीच पुनः तिक्तता सुरु भयो । त्यसपछि दुबैले सम्बन्धविच्छेद गर्ने निर्णय लिए ।
करणको दुबै विवाह उनको कुनै अन्य महिलासँग अतिरिक्त सम्बन्धका कारण टुटेको बताइन्छ । श्रद्धासँग वैवाहिक सम्बन्ध हुँदा नै उनको आफूसँगै काम गर्ने जेनिफर विंगेटका साथै कोरियोग्राफर निकोलसँग नाम जोडिन थालेको थियो ।
करणले निकोलसँगको प्रेम सम्बन्ध स्विकारेका थिए । त्यसपछि श्रद्धा उनीसँग अलग भएकी थिइन् । त्यसपछि केही समयपछि करण र निकोलको सम्बन्ध पनि टुट्यो । निकोल बाहिरिएपछि करण र जेनिफर नजिकिए । तर यो विवाह पनि लामो समय टिक्न सकेन ।
जेनिफरसँग सम्बन्धविच्छेद गरेपछि फिल्म अलोनको सेटमा उनी नायिका बिपाशा बसुसँग प्रेममा परे । यी दुईको यो सम्बन्ध विवाहसम्म पुग्यो । विशेष कुरा के हो भने बिपाशासँग करणको सम्बन्ध आजसम्म पनि उस्तै छ । यी दुईबीच निकै प्रेम देख्न पाइन्छ ।
करण र बिपाशाको विवाह ६ वर्ष भइसकेको छ । यसअघि करणको विवाह श्रद्धा निगमसँग एक वर्ष र जेनिफर विंगेटसम्ग २ वर्ष चल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण