गैरआवासीय नेपाली संघले श्वेतपत्र जारी गर्ने
काठमाडौं–गैर आवासीय नेपाली संघले वैदेशिक रोजगार कल्याणकारी कोषलाई पाँच करोड पुर्याएर तत्काल संचालनमा ल्याउने वताएको छ ।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको तीन दिन वसेको बैठकले वैदेशिक रोजगारका समस्या समाधानका लागि स्वेतपत्र जारी गर्ने जनाइएको छ । आगामी दुई वर्षका लागि गरिने कार्यहरुको श्वेतपत्र जारी गर्नका लागि संघको बैठक डाकिएको बताइएको छ ।
वैदेशिक रोजगारीका लागि मध्यपुर्व र मलेशिया पुगेर जेल सजाय भोगिरहेका नेपालीहरुको उद्धारका लागि संचय कोष स्थापना गर्न लागिएको संघका प्रवक्ता भुषण घिमिरद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । वैठकले साउदी अरबमा जन्मकैदको सजाई भोगिरहेका थानेश्वर भुषाललाई सजाई मुक्त गराउन राहत कोषबाट १२ लाख ५० हजार सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
उर्जा संकट हटाउनका लागि एलइडी बल्बको प्रयोग बढाउन अभियान संचालन गरिने एनआरएनले जनाएको छ । साथै बैठकले नेपालमा पुर्वाधार विकासमा सहयोगका लागि इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्ने निर्णय गरेको छ । विदेशी मुलुकहरुबाट लगानी भित्राउन विप्पा सम्झौता,आर्थिक साझेदारी सम्झौता र दोहेरो कर छुटका लागि नेपाल सरकारसँग सहकार्य गर्ने विज्ञप्तीमा उल्लेख छ ।
लाप्राक नमुना वस्तिको निर्माण कार्य यथाशिघ्र सम्पन्न गर्ने निर्णय गरिएको छ । गैर आवासीय नेपाली संघले गोरखाको लाप्राकमा पाँच ८३ घर निर्माण गरिरहेको छ । वस्ती निर्माण छिटो सकाउन अध्यक्षको नेतृत्वमा समिती गठन गरिएको छ । निमार्णाधिन एनआरएन पार्क र संघको कार्यालय वैसाखसम्म सम्पन्न गर्ने तथा संघद्धारा संचालित कार्यहरुलाई निरन्तरता दिइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण