आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे

बिहीबार, १२ फागुन २०७८, १३ : ०८
बिहीबार, १२ फागुन २०७८

लामो समयदेखि कालोपत्रेको पर्खाइमा रहेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे सार्थकता पाउन थालेको छ । धावन मार्ग कालोपत्रेसँगै जहाज चल्नेमा स्थानीयवासी आशावादी भएका छन् । 

विमानस्थल धावनमार्ग धमाधम कालोपत्र जारी छ । २०७७ फागुनमै कालोपत्र सम्पन्न  गर्नुपर्ने काम पटक–पटक प्रभावित बन्दै आएको थियो । अहिलेसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ । 

यही फागुन १ गतेदेखि सुरु भएको विमानस्थल कालोपत्रेको काम फागुन मसान्तभित्रै सकिने छ । २०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरी सक्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी, बल्खुसँग सात करोडमा ठेक्का सम्झौता गरेको थियो । 

विभिन्न समस्याका बाबजुत पनि विमानस्थलको धावनमार्गको कालोपत्रे​ले तीब्रता पाएको निर्माण कम्पनीका प्रतिनिधि बासु थापाले जानकारी दिए ।   

कोरोना महामारी र वर्षाका कारण कालोपत्रेको काम पटक–पटक प्रभावित बनेपनि अहिले कालोपत्रे कामले तिब्रता पाएको उनले जानकारी दिए  । धावनमार्गको कटिङ, नाली तथा तारबार एक वर्ष पहिलै सकिएर कालोपत्रेका लागि तयार भएको विमानस्थल अहिलेसम्म सडक र कोरोनाका कारण  धानवनमार्गको ग्राभेल समेत भइसक्दा समेत सम्पन्न भइसकेको थियो । 

मौसम र प्रविधिले साथ दिएमा एक हप्तामै कालोपत्रेको काम सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर सत्यराम दुवालले जानकारी दिए । विमानस्थल कालोपत्रेको ठेक्का चैत्र मसान्त सम्म मात्रै रहेकोे प्राधिकरणले जनाएको छ । कालोपत्रे निर्माणसँगै विमानस्थलको काम सम्पन्न हुनेछ ।

२६ वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएको थियो । नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडान समेत भरेको र त्यसको फलस्वरुप अहिले विमानस्थल धमाधम कालोपत्रे भइरहेको र जहाज चलाउन अब समस्या नहुने बागलुङ नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए ।  बागलुङ–१४ नारायणस्थानमा सो विमानस्थल छ । हवाई सेवा नियमित भएमा बागलुङका साथै, पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने बताइएको छ ।

कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि जम्मा १२ किलोमिटर सडक कच्ची छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्रे हुन सकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारवाला बताउँछन् । बर्खाको समय धावनमार्गमा हिलो र हिउँदमा धुलो उड्ने समस्या भएपछि विमानस्थल बन्द भएको थियो ।

नगरपालिकाको संयोजनमा २०७४ चैत्र ९ गतेबाट पुनः सञ्चालन आएर नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सले केही महिना उडान भरे पनि आवश्यक पूर्वाधार र धावनमार्ग कच्ची भएका कारण अहिले बन्द अवस्थामा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप