शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

क्यान्सरसँग लडिरहेका छन् राजा चार्ल्स, अन्त्येष्टि योजनाको अपडेट

आइतबार, १६ वैशाख २०८१, १२ : ०५
आइतबार, १६ वैशाख २०८१

लन्डन । बेलायतका राजा चार्ल्सलाई क्यान्सर भएको छ । यही वर्ष फेब्रुअरीमा क्यान्सर पत्ता लागेदेखि चार्ल्स तृतीयको अन्त्येष्टि योजनाहरू आवश्यकता अनुसार परिवर्तन भइरहेको छ । ‘लाइभ मिन्ट’मा प्रकाशित एक खबरका अनुसार, २०२२ मा स्वर्गीय महारानी एलिजाबेथको अन्त्येष्टि गरिएको भोलिपल्ट चार्ल्सको अन्त्येष्टिको योजना बनाइएको थियो । ‘सबै आशावादी छन्, तर उहाँ साँच्चै बिरामी हुनुहुन्छ ।’ शाही परिवारका एक पुरानो साथीले द् न्यूजील्याण्ड हेराल्डलाई भनेका थिए ।

चार्ल्स तृतीयका सहयोगीहरूले उनको आधिकारिक अन्त्येष्टि योजनाको जानकारी दिने दस्तावेज ‘अपरेशन मेनाई ब्रिज’ जाँचिरहेका छन् । सयौं पृष्ठको यो  दस्तावेज सन् २०२२ को सेप्टेम्बर ८ मा रानी एलिजाबेथको अन्त्येष्टिको भोलिपल्ट बनाइएको थियो । सञ्चारमाध्यमका अनुसार राजा चाल्र्सको स्वास्थ्य अवस्था लगातार नाजुक बन्दै गएपछि ‘अपरेशन मेनाई ब्रिज’को बारम्बार अपडेट भइरहेको छ ।

शाही परिवारका सबै सदस्यका अन्त्येष्टि योजना नियमित रूपमा अपडेट हुने गरेका छन् । यिनीहरूको नाम लोकप्रिय पुलको नाममा राखिएका छन् । महारानी एलिजाबेथको अन्त्येष्टिको योजनालाई अपरेशन लन्डन ब्रिज नाम दिइएको थियो । यो कुनै भावनात्मक कुरा नभएर एउटा काम भएको अनि यसलाई निकै गम्भीरताका साथ गरिने चाल्र्सका एक सहयोगीले स्थानीय सञ्चार माध्यमसँग भनेका छन् ।

चार्ल्सलाई यही फेब्रुअरीमा क्यान्सर भएको पत्ता लागेको थियो । गत महिना उनी विन्डसर क्यासलमा इस्टर सेवामा सहभागी भएर दर्शकहरूसँग हात मिलाउँदै, कुराकानी गरिरहेको देखिएका थिए । इस्टरजस्तो परम्परागत शाही कार्यक्रममा उपस्थितिलाई सार्वजनिक जीवनमा राजा फर्किन थालेको संकेतको रूपमा हेरिएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप