क्यान्सरसँग लडिरहेका छन् राजा चार्ल्स, अन्त्येष्टि योजनाको अपडेट
लन्डन । बेलायतका राजा चार्ल्सलाई क्यान्सर भएको छ । यही वर्ष फेब्रुअरीमा क्यान्सर पत्ता लागेदेखि चार्ल्स तृतीयको अन्त्येष्टि योजनाहरू आवश्यकता अनुसार परिवर्तन भइरहेको छ । ‘लाइभ मिन्ट’मा प्रकाशित एक खबरका अनुसार, २०२२ मा स्वर्गीय महारानी एलिजाबेथको अन्त्येष्टि गरिएको भोलिपल्ट चार्ल्सको अन्त्येष्टिको योजना बनाइएको थियो । ‘सबै आशावादी छन्, तर उहाँ साँच्चै बिरामी हुनुहुन्छ ।’ शाही परिवारका एक पुरानो साथीले द् न्यूजील्याण्ड हेराल्डलाई भनेका थिए ।
चार्ल्स तृतीयका सहयोगीहरूले उनको आधिकारिक अन्त्येष्टि योजनाको जानकारी दिने दस्तावेज ‘अपरेशन मेनाई ब्रिज’ जाँचिरहेका छन् । सयौं पृष्ठको यो दस्तावेज सन् २०२२ को सेप्टेम्बर ८ मा रानी एलिजाबेथको अन्त्येष्टिको भोलिपल्ट बनाइएको थियो । सञ्चारमाध्यमका अनुसार राजा चाल्र्सको स्वास्थ्य अवस्था लगातार नाजुक बन्दै गएपछि ‘अपरेशन मेनाई ब्रिज’को बारम्बार अपडेट भइरहेको छ ।
शाही परिवारका सबै सदस्यका अन्त्येष्टि योजना नियमित रूपमा अपडेट हुने गरेका छन् । यिनीहरूको नाम लोकप्रिय पुलको नाममा राखिएका छन् । महारानी एलिजाबेथको अन्त्येष्टिको योजनालाई अपरेशन लन्डन ब्रिज नाम दिइएको थियो । यो कुनै भावनात्मक कुरा नभएर एउटा काम भएको अनि यसलाई निकै गम्भीरताका साथ गरिने चाल्र्सका एक सहयोगीले स्थानीय सञ्चार माध्यमसँग भनेका छन् ।
चार्ल्सलाई यही फेब्रुअरीमा क्यान्सर भएको पत्ता लागेको थियो । गत महिना उनी विन्डसर क्यासलमा इस्टर सेवामा सहभागी भएर दर्शकहरूसँग हात मिलाउँदै, कुराकानी गरिरहेको देखिएका थिए । इस्टरजस्तो परम्परागत शाही कार्यक्रममा उपस्थितिलाई सार्वजनिक जीवनमा राजा फर्किन थालेको संकेतको रूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण