शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा दाहाल

आइतबार, १६ वैशाख २०८१, ११ : ५३
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा पुनः विष्णु दाहाल चयन भएका छन् । शनिबार र आइबार सम्पन्न एकीकृत समाजवादी मकवानपुरको ९ औँ जिल्ल अधिवेशनले दाहालको अध्यक्षतामा ५८ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको हो ।

यसअघि तत्कालीन जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरी एमाले प्रवेश गरेसँगै दाहाललाई अध्यक्षको जिम्मेवारी दिइएको थियो । अधिवेशनबाट एकीकृत समाजवादी जिल्ला कमिटीको उपाध्यक्षमा कल्पना विक, सचिव ध्रुव भुजेल तथा उपसचिवमा टंक मुक्तान, कविन पन्त र बेगम बराल चयन भएका छन् ।

तीन वर्षे कार्यकालका लागि चयन गरिएको दाहाल नेतृत्वको कमिटीमा एक एक उपाध्यक्ष र एक सदस्य पछि पछि मनोनयन गरिने छ । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अधिवेशनको उद्घाटन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप