एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा दाहाल
आइतबार, १६ वैशाख २०८१, ११ : ५३
काठमाडौँ । नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा पुनः विष्णु दाहाल चयन भएका छन् । शनिबार र आइबार सम्पन्न एकीकृत समाजवादी मकवानपुरको ९ औँ जिल्ल अधिवेशनले दाहालको अध्यक्षतामा ५८ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको हो ।
यसअघि तत्कालीन जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरी एमाले प्रवेश गरेसँगै दाहाललाई अध्यक्षको जिम्मेवारी दिइएको थियो । अधिवेशनबाट एकीकृत समाजवादी जिल्ला कमिटीको उपाध्यक्षमा कल्पना विक, सचिव ध्रुव भुजेल तथा उपसचिवमा टंक मुक्तान, कविन पन्त र बेगम बराल चयन भएका छन् ।
तीन वर्षे कार्यकालका लागि चयन गरिएको दाहाल नेतृत्वको कमिटीमा एक एक उपाध्यक्ष र एक सदस्य पछि पछि मनोनयन गरिने छ । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अधिवेशनको उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण