उपनिर्वाचन
इलाम-२ उपनिर्वाचन : एक घण्टापछि मतगणना सुरु
आइतबार, १६ वैशाख २०८१, ११ : ५५
विराटनगर । ११ बजेदेखि सुरु गर्ने भनिएको इलाम २ उपनिर्वाचनकाे मतगणना एक घण्टापछि सुरु भएको छ । इलामको फाकफोकथुम गाउँपालिका-१ बाट मतगणना सुरु भएको हो ।
२४ मतदान केन्द्र रहेकाे फाकफोकथुममा १६,३०२ कुल मतदाता थिए । त्यहाँ ९,६०४ मत खसेको छ ।
यसअघि सर्वदलीय बैठकले क्रमशः फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई, देउमाई, इलामको वडा नम्बर १ देखि गणना सुरु गर्ने निर्णय गरेको छ । मतगणना दुई स्थानबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
फाकफोकथुम १ मा यसअघिको स्थानीय तह निर्वाचनमा कांग्रेसका कर्णबहादुर लिम्बूले ८०४ मत ल्याउँदा एमालेका बेगबहादुर निरौलाले ४७७ मत ल्याएका थिए ।
यस्तै माओवादीका भोजबहादुर बोहराले २२६ मत ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण