शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

इलाम-२ उपनिर्वाचन : एक घण्टापछि मतगणना सुरु

आइतबार, १६ वैशाख २०८१, ११ : ५५
आइतबार, १६ वैशाख २०८१

विराटनगर । ११ बजेदेखि सुरु गर्ने भनिएको इलाम २ उपनिर्वाचनकाे मतगणना एक घण्टापछि सुरु भएको छ ।  इलामको फाकफोकथुम गाउँपालिका-१ बाट मतगणना सुरु भएको हो ।

२४ मतदान केन्द्र रहेकाे फाकफोकथुममा १६,३०२ कुल मतदाता थिए । त्यहाँ ९,६०४ मत खसेको छ ।

यसअघि सर्वदलीय बैठकले क्रमशः फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई,  देउमाई, इलामको वडा नम्बर १ देखि गणना सुरु गर्ने निर्णय गरेको छ । मतगणना दुई स्थानबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । 

फाकफोकथुम १ मा यसअघिको स्थानीय तह निर्वाचनमा कांग्रेसका कर्णबहादुर लिम्बूले  ८०४ मत ल्याउँदा एमालेका बेगबहादुर निरौलाले ४७७ मत ल्याएका थिए ।

यस्तै माओवादीका भोजबहादुर बोहराले २२६ मत ल्याएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप