माधव नेपालसँग भेटपछि देउवा आन्तरिक छलफलमा
शुक्रबार, १३ फागुन २०७८, १४ : २१
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार मध्यान्ह प्रधानमन्त्री देउवालाई भेट्न नेपालले बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार एमसीसीका कारण सत्ता गठबन्धनमा उत्पन्न मतभेदबारे छलफल भएको छ । उनीबीचको छलफलमा एमसीसी पारित गराउन नयाँ विकल्पको खोजी भएको छ ।
सत्ता गठबन्धन जोगाएर एमसीसी पारित गराउने लाग्नुपर्नेमा देउवा र नेपाल सहमत भएका छन् । नेपालसँगको छलफलपछि काँग्रेस सभापति समेत रहेका देउवाले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका छन् । उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की लगायतसँग छलफल थालेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमा एकैदिन बाहिरिए दुई महारथी
-
पाकिस्तानको आक्रमणबाट अफगानिस्तानमा कम्तीमा २८ सर्वसाधारणको मृत्यु
-
काठमाडौँ र पोखरासहित प्रमुख सहरहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने
-
पेनाल्टीमा नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै मोरक्को अन्तिम १६ मा
-
आज ११ जिल्लाका साना नदीमा आकस्मिक बाढीको खतरा
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको खेल पेनाल्टी सुटआउटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण