युक्रेनबाट नेपालले पाठ सिकौँ : नारायणकाजी श्रेष्ठ
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालले आफ्नो भूराजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै युक्रेनको घटनाबाट शिक्षा लिनुपर्ने बताएका छन् । यस प्रकरणमा अमेरिकाले युक्रेनको छिमेकी रुसबिरुद्ध युक्रेनलाई प्रयोग गर्न खोज्दा र युक्रेन त्यो भूमिकाको निम्ति तयार हुँदा आजको यो आक्रमण, युद्ध र अस्तित्व विसर्जनको दुःखद घटना उत्पन्न भएको नेता श्रेष्ठको भनाइ छ ।
श्रेष्ठले युक्रेन घटनाबाट कुनै पनि शक्ति राष्ट्रले आफ्नो रणनीतिक स्वार्थका लागि अर्को राष्ट्रलाई प्रयोग गर्न खोज्दा र त्यसलाई स्वीकार गर्दा साना राष्ट्रको अस्तित्व नै गुम्ने खतरा उत्पन्न हुन सक्ने रहेछ भन्ने शिक्षा प्राप्त भएको बताएका छन् । सामाजिक सञ्जालमा श्रेष्ठले लेखेका छन्, 'रुसले युक्रेनमाथि गरेको आक्रमण र अतिक्रमणको हामी तीव्र भर्त्सना गर्दछौँ । युक्रेनको राष्ट्रिय सार्वभौमिकता,भौगोलिक अखण्डता र आत्मनिर्णयको सम्मान गर्न र आक्रमण अन्त्य गरी युक्रेनबाट फिर्ता हुन रुससँग माग गर्दछौँ । सार्वभौमिक समानता र विश्व शान्तिको पक्षमा उभिन सबैसँग अपिल गर्दछौँ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण