आमासँग किन सुत्छन् टाइगर ?
आइतबार, १५ फागुन २०७८, ०८ : २०
बलिउड अभिनेता टाइगर श्राफ बलिउडमा नृत्य र अभिनयका लागि चिनिन्छन् । युवतीबीच उनको क्रेज बढ्दो छ । तर, सायद कमैलाई मात्र थाहा होला फिल्ममा नडराउने यी अभिनेता वास्तविक जीवनमा भने निकै डरफोक छन् । यो कुराको खुलासा उनी आफैंले गरेका छन् ।
टाइगरका अनुसार उनले एक हरर फिल्म हेरेपछि उनी यति डराएकी, त्यसपछिका दिनमा उनी एक्लै सुतेनन् । ‘जब म घरबाहिर हुन्छ या कतै यात्रामा हुन्छु, त्यो समयमा कोही न कोही टिम सदस्यका साथ सुत्छु । घर आउँदा चाहिँ आमासँग सुत्छु’, टाइगरले भनेका छन् । उनले आफ्नो डरबारे आमालाई पनि थाहा भएकाले आफू आमासँग सुत्ने गरेको खुलाए ।
कामको कुरा गर्दा उनी चाँडै फिल्म ‘गणपत’मा देखिँदैछन् । जसमा उनको अपोजिटमा कृति सेनन छिन् । यो जोडीलाई दर्शकले फिल्म ‘हीरोपन्ती’मा देखिसकेका छन् । उनीहरु फिल्म ‘हीरोपन्ती २’मा पनि सहकार्य गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण