आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

भाग्यश्रीले भागेर विवाह गरिन्, यो सुनेर असाध्यै रिस उठ्छ : ३२ वर्षपछि खोलिन् राज

मङ्गलबार, १७ फागुन २०७८, १५ : २८
मङ्गलबार, १७ फागुन २०७८

बलिउड अभिनेत्री  भाग्यश्रीले विवाह गरेकी छिन् । यस्तो कसैले भन्छन् भने तपाईं पक्कै पनि हाँसो उठ्ला । तपाईंले भन्नु होला कि उनी त पहिलेदेखि नै खुसियालीपूर्ण वैवाहिक जीवनमा छिन् । कहानीमा ट्वीस्ट यो हो कि भाग्यश्रीले दोस्रो पटक विवाह गरेकी छन्, त्यो पनि आफ्नै श्रीमान हिमालय दसानीसँग ।

हामीले यत्ती मात्रै भन्दा तपाईंमा उत्सुकता जाग्यो होला । भाग्यश्रीले रियालिटी शो स्मार्ट जोडीको सेटमा आफ्ना श्रीमानसँग पुनः विवाह गरेकी हुन् ।

दुवैले एक अर्कालाई वरमाला लगाएको प्रोमो सार्वजनिक भएको छ । यो प्रोमोलाई व्यापक मन पराइएको छ ।

भाग्यश्रीले विवाह त गरिन्, तर आफ्नो वास्तविक विवाह बारे झस्काउने खालको खुलासा पनि गरेकी छिन् ।

आफ्नो विवाहमा दुुवैको परिवार समावेश नभएको अभिनेत्रीले बताइन् । भाग्यश्रीले हिमालयसँग भागेर विवाह नगरेको पनि उनले बताइन् ।

उनको भनाई थियो–मेरो तर्फबाट विवाहमा कोही थिएन । नत उनको तर्फबाट । आफ्ना आमा–बुवासँग हिमालयसँग विवाह गर्न खोजेको बताएपछि उनीहरु नमानेको पनि उनले बताइन् ।

‘आमा बुवाको बच्चाका लागि सपना हुन्छ, तर बच्चाका लागि आफ्नो सपना पनि हुन्छ ।  कहिलेकाहीँ उनको सपनाका अनुसार उनीहरुलाई जिउन दिनु आवश्यक छ । किनकी आफ्नो जीवन उनीहरु आफँै बिताउन चाहन्छन् ।’

भाग्यश्री र हिमालयको जोडी स्मार्ट जोडिको रुपमा मन पराइन्छ । उनीहरु एक शोको १६ लाख रुपैयाँ चार्ज लगाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप