माओवादी बैठकमा नारायणकाजी श्रेष्ठले गरे एमसीसीको कडा विरोध
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकासँग भएको एमसीसी सम्झौता पारित गर्न पार्टीले खेलेको भूमिकाको कडा आलोचना गरेका छन् । शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै उनले आफूलगायतका नेताहरुले एमसीसीको विरोध गर्दा अध्यक्ष प्रचण्डले पार्टी छाडे पनि हुन्छ भन्नेसम्मको अभिव्यक्ति दिएको भन्दै तिव्र असन्तुष्टि पोखेको एक नेताले रातोपाटीलाई बताए ।
उनले पार्टी अध्यक्ष प्रचण्डसँगको आफ्नो सम्बन्ध कठिन क्षणमा पुगेको पनि बताए । उनले पार्टी गम्भीर अवस्थामा पुगेको पनि बताएका थिए । यसअघि सम्बोधन गर्दै प्रचण्डले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गरिएको भन्दै यसमा कुनै राष्ट्रघात नभएको भन्दै नेताहरुलाई आश्वस्त पार्ने प्रयास गरेका थिए । तर नेता श्रेष्ठले एमसीसीबारे व्याख्या गर्दै भने, ‘एमसीसीको मुल उदेश्य नै अमेरिकाको सुरक्षालाई सुदृढ गर्न आफ्नो हतियार प्रयोग गरेर अमेरिकाको विचार, राजनीति आर्थिक सामाजिक प्रणालीलाई विस्तार गर्ने हो ।’
उनले एमसीसीलाई बच्छीको संज्ञा समेत दिए । नेता श्रेष्ठले एमसीसीको उदेश्य गम्भीर प्रकृतिको रहेको भन्दै अमेरिकाले एमसीसीका नाममा दिने बजेट स्वीकार्नेले आफ्नो प्रणाली स्वीकार गर्नुपर्ने शर्त नै रहेको दावी पनि गरे ।
उनले अमेरिकी साम्राज्य विस्तार गर्ने योजना अनुसार नै एमसीसी आएकोमा दुईमत नरहेको भन्दै बुँदागत रुपमा व्याख्या गरेका थिए । उनले नेपालको सन्दर्भमा एमसीसी कम्युनिस्ट सिध्याउने योजनाअनुसार आएको पनि बताए । ‘नेपालको सन्दर्भमा यो के हो भने कम्युनिस्ट सिध्याउने,पूँजीवादलाई सुदृढ गर्ने र आफ्नो राष्ट्रिय सुरक्षा स्वार्थ पुरा गर्न रणनीतिका रुपमा उपयोग गर्ने ठोस योजना हो’, श्रेष्ठको भनाइ छ ।
उनले अमेरिकी साम्राज्यवादको चंगुलमा पार्टी फसेको आरोप समेत लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण