जोन्टा क्लबद्वारा प्रेरणादायक महिलाहरु सम्मानित
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक र साहसी महिलाहरुलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा विभिन्न विधामा उदाहरणीय काम गरेका १४ जना महिलाहरुलाई सम्मानित गरिएको थियो । महिला सशक्तीकरणका पात्रहरूलाई सम्मान गर्दा सकरात्मक प्रभाव पर्ने र अन्य महिलाहरुलाई प्रेरणा मिल्ने आयोजक जोन्टा क्लबले जनाएको छ । कार्यक्रममा नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्राण्ड व्यञ्जन, स्टार हस्पिटल, एमजि मोटर्सको सहयोगमा हस्पिटालिटी पार्टनर हायात प्यालेसमा आयोजना गरिएको थियो ।
प्रिन्सेस हेलेन शाह इनस्पीरेशनल वुमन अफ द इयर विधाको पुरस्कार प्रस्तुति भट्टराई र वर्षा तामाङलाई प्रदान गरिएको थियो । त्यस्तै, अमर राना गेम चेन्जर अवार्ड क्याप्टेन प्रिया अधिकारी, रत्नदेवी अवार्ड सुस्वप्न रिमाल, ज्योति स्कलरशिप अवार्ड वुमन इन बिजनेस स्कलरशिप वर्षा कटुवाललाई प्रदान गरिएको थियो । त्यस्तै, वुमन इन टेक स्कलर शिप स्वीकृती मास्के, इन्द्रकला स्कलरशिप अवार्ड योङ वुमन इन पब्लिक अफेयर्स मन्दिरा श्रेष्ठ र वुमन इन स्पेस मनिषा दावालाई प्रदान गरिएको थियो ।
त्यसैगरी, अनसंग हिरोज विधा अन्तर्गत समाजमा योगदान पु¥याएका अन्य ४ जना महिलाहरुलाई पनि जोन्टा क्लबले नबिल बैंकको सहयोगमा प्रतिव्यक्ति ३५ हजार रुपैयाँ प्रदान गरेको छ । साझा यातायातको टिकट कलेक्टर रेजिना बस्नेत, चेपाङ समुदायबाट पहिलो महिला नर्स सरिता चेपाङ, ट्याक्सी चालक ईश्वरी थापा र महिला सिकर्मी मनु थामीलाई सम्मानित गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल