आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

बलिउड सेलेब्रिटिको दुुर्भाग्य : आफ्नो अन्तिम फिल्म हेर्नु अघि नै मृत्यु

बिहीबार, २६ फागुन २०७८, १२ : ३९
बिहीबार, २६ फागुन २०७८

दिवंगत अभिनेता ऋषि कपुरुको अन्तिम फिल्म शर्माजी नमकिन ३१ मार्चमा अमेजन प्राइममा रिलिज हुने तयारीमा रहेको छ । हितेष भाटियाको निर्देशनमा  बनेको यो फिल्मको सुुटिङ २ वर्ष अघि अभिनेताको मृत्यु पहिले नै लगभग पुरा भएसकेको थियो । जसमा ऋषि कपुरसँगै जुही चावला र सतिश कौशिक जस्ता कयौँ अभिनेता–अभिनेत्रीको महत्वपूर्ण भूमिकामा देखिएका छन् ।

दुुर्भाग्यवश अन्तिम फिल्म रिलिज हुनुभन्दा पहिले ऋषि कपुर यस संसारबाट बिदा भइसकेका छन् । ऋषि कपुुर अघि पनि कयौँ अभिनेता–अभिनेत्री यस्ता थिए जसको अन्तिम फिल्म उनीहरुको निधनपछि भएको थियो ।

सुशान्त सिंह राजपुत

सुशान्त सिंह राजपूतको १४ जून सन् २०२० मा निधन भएको थियो । घटनाको ठिक एक महिना अघि उनको अन्तिम फिल्म दिल बेचारा २४ जुलाई सन् २०२० मा डिज्नी प्लस हटस्टारमा रिलिज भएको थियो । यो फिल्मले फ्यान र दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । यस फिल्मबाट सञ्जना सांधीले नेतृत्वदायी भूमिकाको रुपमा डेब्यू गरेकी थिइन् ।

श्रीदेवी

अभिनेत्री श्रीदेवीको सन् २०१७ मा दुुबईको होटलमा एक दुर्घटनामा निधन भएको थियो । निधन अघि श्रीदेवीले जीरो फिल्ममा क्यामियोको भूूमिका निभाकी थिइन् । उनको यो फिल्म निधनको एक वर्षपछि २१ डिसेम्बर सन् २०१८ मा रिलिज भएको थियो ।

ओम पुरी

वरिष्ठ अभिनेता ओम पुरीको सन् २०१७ मा मुटुरोगका कारण निधन भएको थियो । निधन अघि ओम पुरी सलमान खान स्टारर फिल्म ट्यूूबलाईटको हिस्सा बनेका थिए । ६ जनवरी सन् २०१७ मा अभिनेताको  मृत्युको ५ महिनापछि उनको अन्तिम फिल्म ट्यूबलाईट २५ जुनमा रिलिज भएको थियो ।

राजेश खन्ना

राजेश खन्नाको अन्तिम फिल्म रियासत १८ जुलाई सन् २०१४ मा रिलिज भएको थियो । ठीक यही दिन २ वर्ष अघि अर्थात् २०१२ मा राजेश खन्नाको पनि मुटु रोगका कारण निधन भएको थियो ।

दिव्या भारती

कुनै जमानामा सर्वाधिक सफल अभिनेत्री बनेकी दिव्या भारतीको सन् १९९३ को

 ५ अप्रिलमा आफ्नै भवनबाट झरेर निधन भएको थियो । यसको ७ महिनापछि दिव्याको अन्तिम फिल्म रतरन्ज रिलिज भएको थियो । यो फिल्ममा उनीसँग मिथुन चक्रवर्ती, ज्याकि श्रोफ र कादर खानले लीड रोल गरेका थिए ।

मधुवाला

मधुवालाको निधन मुटुमा प्वाल परेर सन् १९६९ को २३ फेब्रुअरीमा भएको थियो । उनको निधनको २ वर्षपछि उनको अन्तिम फिल्म ज्वाला रिलिज भएको थियो, जुन राम्रैगरी हिट भएको थियो । फिल्ममा दिवंगत अभिनेत्रीका साथ सुनील दत्त, आशा पारेख र ललीता पवार लीड रोलमा थिए ।

स्मिता पाटिल

अर्थ, मिर्च मसाला, मन्थन जस्ता कयौ हिट फिल्ममा अभिनय गरिसकेकी स्मिता पाटिलको निधन १३ डिसेम्बर सन् १९८६ मा भएको थियो । अभिनेत्रीको निधन पहिलो छोरा प्रतिक बब्बरको जन्म भएको २ सातापछि प्रशव प्रक्रियामा आएको जटिलताका कारण भएको थियो । स्मिताको अन्तिम फिल्म ‘गलियो के बादशाह’ उनको मृत्युको ३ वर्षपछि सन् १९८९ को १७ मार्चमा रिलिज भएको थियो ।

फारुख शेख

लोकप्रिय अभिनेता तथा टिभी प्रस्तोता फारुख शेखको निधन दुबईमा  पारिवारिक बिदा मनाउँदाको समयमा हृदयघातका कारण भएको थियो । सन् २०१३ को २८ डिसेम्रबमा निधन भएपछि उनको अन्तिम फिल्म यंगिस्तान २८ मार्च सन् २०१४ मा रिलिज भएको थियो । यो पोलिटिकल ड्रामा फिल्ममा ज्याकी भगनानी र नेहा शर्मा लीड भूमिकामा थिए ।

शम्मी कपुर

कश्मीरकी कली, तीसरी मंजिल जस्ता कयाँै ब्लकबस्टर फिल्ममा देखिइसकेका दिग्गज अभिनेता शम्मी कपुरको निधन सन् २०११ को १४ अगस्टमा भाएको थियो । उनको निधनको ३ महिनापछि उनको अन्तिम फिल्म रकस्टार ११ नोभेम्बरमा रिलिज भएको थियो । जसमा उनका भतिजा रणबीर कपुर लीड रोलमा थिए । यो फिल्म व्यापक हिट  प्रमाणित भएको थियो ।

अमरिस पुरी

मिस्टर इन्डिया समेत कयौँ फिल्ममा खलनायकको भूमिका निभाएका अमरिस पुरीको निधन सन् २००५ को १२ जनवरीमा मस्तिष्क घातका कारण भएको थियो । अन्तिम समयमा अमरिसले दुई फिल्म किसना र कच्ची सडकमा काम गरेका थिए । उनको उपचारको क्रममा किसना रिलिज भइसकेको थियो । यसैगरी कच्ची सडक उनी बितेपछि ८ सेप्टेम्बर २००६मा रिलिज भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप